नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
नेपालबहस संवाददाता
पुस २३, २०८१ मंगलबार १०:५:२०
२३ पुस, काठमाडौं । मंगलबार बिहान गएको भूकम्पमा परी चीनमा कम्तिमा ९ जनाको मृत्यु भएको छ र धेरै भौतिब क्षति भएको चीनको सरकारी टेलिभिजन च्यानल सीजीटीएनले जनाएको छ । नेपालमा भने अहिले सम्म क्षतिको विवरण नआएको प्रहरीले जनाएको छ । चीनमा ९ जनाको मृत्यु भएको सरकारी अधिकारीहरुलाई सम्बोधन गर्दै सीजीटीएनले जनाएको छ ।
आज बिहान नेपाली समय अनुसार ६ बजेर ५० मिनेटमा चीनको जिजांग प्रान्तको सिगात्सेस्थित दिंगी गाउँमा केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको थियो । भूकम्पको धक्का नेपालमा पनि ठूलै परेको थियो । नेपालको भूकम्प मापन केन्द्रले ७ म्याग्निच्युडको भूकम्प गएको रेकर्ड राखे पनि चीनको भूकम्प नेटवर्क केन्द्रले ६.८ तीव्रता मापन गरेको छ । यो भूकम्प १० किलोमिटर गहिराइमा थियो । चीनको भूकम्प नेटवर्क केन्द्रका अनुसार आज बिहानको भूकम्प सबैभन्दा शक्तिशाली हो ।
नेपालमा भने देशका कुनै ठाउँबाट मानवीय वा भौतिक क्षति भएको विवरण नआएको नेपाल प्रहरीले बताएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार देशभर प्रहरी परिचालन गरेर घटनाको जानकारी संकलन गर्ने काम भइरहेको छ ।
अहिलेसम्म कुनै पनि मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन । जानकारी तथा सूचना संकलनको काम जारी छ । भूकम्पको झट्कापछि नागरिकमा केहीबेर त्रास फैलिएको भए पनि अहिलेसम्म देशभरबाट कुनै ठूलो क्षतिको रिपोर्ट प्राप्त नभएको प्रहरीले जनाएको छ । हालसम्म ६ वटा परकम्प गइसकेको छ भने ४ म्याग्निच्युडभन्दा माथिका ६ वटा परकम्प गएको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘पटकपटक कम्पन हुँदैमा ठूलो भूकम्पको जोखिम छ भन्न मिल्दैन’
पुष २३, २०८१ मंगलबार
चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९५ पुग्यो
पुष २३, २०८१ मंगलबार
भुकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
पुष २३, २०८१ मंगलबार
उपत्यकामा तरुल, सखरखण्ड पिँडालुको बजार शुरु
पुष २४, २०८१ बुधबार
कोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
पुष २४, २०८१ बुधबार
जसपा नेपालसम्बद्ध भ्रातृसंगठनहरु राष्ट्रिय महाधिवेशनको तयारीमा
पुष २४, २०८१ बुधबार
कठ्याङ्ग्रिने चिसोः महोत्तरीका विद्यालय एक साताका लागि बन्द
पुष २४, २०८१ बुधबार
लायन्सले वितरण गर्यो बेथानका बाढीपीडितलाई जस्ता
पुष २४, २०८१ बुधबार