लहान नगरपालिकाले गर्यो प्रादेशिक अस्पतालका बिरामीलाई कम्बल वितरण
नेपालबहस संवाददाता
पुस २३, २०८१ मंगलबार १०:१५:१९
२३ पुस, सिरहा । लहानस्थित रामकुमार उमाप्रसाद स्मारक प्रादेशिक अस्पतालका बिरामीलाई लहान नगरपालिकाले ६५ थान कम्बल सहयोग गरेको छ । नगरपालिकाको तर्फबाट नगर प्रमुख महेशप्रसाद चौधरीले सोमबार ती कम्बल अस्पताललाई प्रदान गरेका हुन् ।
सो अवसरमा उनले गरिब तथा विपन्न बिरामीलाई शीतलहर र चिसोबाट बच्नका लागि कम्बल सहयोग गरेको बताए । उनले भने, “दिनानुदिन चिसो बढ्दै छ, कठ्याङ्ग्रिँदो चिसोले गरिब तथा विपन्न वर्गका बिरामीलाई थप बिरामी पर्नबाट बचाउन सहयोग पुग्छ भन्ने उद्देश्यले कम्बल वितरण गरिएको हो । यसबाट यहाँ बस्ने बिरामीले न्यानोसँग रात काट्नेछन् ।”
शीतलहरको जोखिमले अस्पतालका बिरामीको स्वास्थ्यमा थप समस्या उत्पन्न हुनसक्ने जनाउँदै अस्पतालका प्रमुख डा बिजेन्द्रकुमार यादवले कम्बल वितरणले बिरामीको शारीरिक र मानसिक अवस्थामा राहत पुग्ने विश्वास व्यक्त गरे । उनले स्थानीय तहले गर्नैपर्ने सहयोग अस्पताललाई गरेको आफूहरूले महसुस गरेको बताए। यस अस्पतालमा ६५ शय्या रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरासीबाट चार चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्र वितरण
पुष २४, २०८१ बुधबार
काठमाडौंको कैदीबन्दी नुवाकोट कारागारमा स्थानन्तरण गर्ने क्रम जारी
पुष २४, २०८१ बुधबार
कस्तो छ आज तरकारी र फलफूलको मूल्य ?
पुष २४, २०८१ बुधबार
लागूऔषधसहित विभिन्न ठाउँबाट सात जना पक्राउ
पुष २४, २०८१ बुधबार
पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पुष २४, २०८१ बुधबार
नवीकरण नभएका सङ्कलित हतियार बुझाइँदै
पुष २४, २०८१ बुधबार
बादलुको घुम्टोभित्र घोराही र देउखुरी
पुष २४, २०८१ बुधबार