जिल्ला व्यापी कराँते प्रतियोगिताको उपाधि नगदेश डोजोलाई
नेपालबहस संवाददाता
पुस २३, २०८१ मंगलबार १२:०:९
२३ पुस भक्तपुर । भक्तपुर जिल्ला व्यापी कराते प्रतियोगिताको उपाधि नगदेश डोजोले उचालेको छ । भक्तपुर जिल्ला सितोरियो कराते संघको आयोजनामा भक्तपुर जिल्ला व्यापी प्रतियोगिताको ९ स्वर्ण ३ कांस्य र २ रजतका साथ नगदेश डोजोले उचालेको हो ।
यस्तै प्रतियोगितामा ४ स्वर्ण ७ कांस्य र ७ रजतका साथमा भक्तपुर मेन डोजो दोस्रो भएको छ भने २ स्वर्ण ५ रजत र ४ कांस्यका साथ भक्तपुर नगरपालिका डोजो तेस्रो भएको थियो ।
यस्तै प्रतियोगितामा उदयमान खेलाडीको उपाधि भने एस एस सदनका प्रसून थापा र मदरल्याण्डकी बिपना तसिजुले हात पार्न सफल भएका थिए । उत्कृष्ट खेलाडी तर्फ भने नगदेशका विष्णु थापा र झौखेलकी रुविना सुलुले हात पारेका थिए ।
प्रतियोगिताको समापन गर्दै बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले खेलकुदको विकाससँगै देशको पनि विकास हुने बताएका थिए । उनले राज्यले नै खेलाडीहरूको लागि हेर्नु पर्ने बताउँदै स्थानीय तहले खेलकुदको विकासका लागि सक्ने प्रयास गर्नु पर्ने समेत उनले बताएका थिए ।
चाँगुनारायण नगरपालिकाको प्रयोजन रहेको उक्त खेलमा २५ टिमको सहभागिता रहेको सितोरियो कराते सङ्घ भक्तपुरका अध्यक्ष राजन चित्रकारले जानकारी दिए । उनका अनुसार जिल्ला भरका २५ डोजोबाट ३२५ खेलाडी सहभागी रहेका थिए ।
तौल समूह अनुरूप खेलाइएको उक्त खेलमा २० केजी देखि ६० प्लस केजी तौल समूहसम्म पुरुष तथा २० केजी तौलदेखि ५५ केजी तौल सम्म महिला गरी १९ खेल यस्तै महिला तथा पुरुष काता तथा महिला पुरुष टिम काता समेत खेलमा समावेश भएको संघका वरिष्ठ उपाध्यक्ष रामशरण त्वातीले जानकारी दिए । खेल डब्ल्यु केएफ, एकेफ र एनकेएफ को नियम अनुसार खेल खेलाइएको त्वातीले जानकारी दिए ।
खेलको उद्घाटन प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले गरेका थिए । कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, खेलाडी दावा लामा, चाँगुनारायण खेलकुद समितिका अध्यक्ष रघु के।सी। सितोरियो कराते भक्तपुरका पूर्व अध्यक्ष प्रकाश द्यौभडेल, चाँगुनारायण नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष सोम प्रधान, पवन भुजु, लगायत खेल क्षेत्रका विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगामी माघ दोस्रो सातादेखि ‘राइट टु प्रोटिन’ दौड प्रतियोगिता हुने
पुष २२, २०८१ सोमबार
वर्ष २०२४ मा खेलकूदः माइक टाइसन बक्सिङदेखि अर्जेन्टिनाको उपाधिसम्म
पुष २१, २०८१ आइतबार
उपत्यकामा तरुल, सखरखण्ड र पिँडालुको बजार
पुष २४, २०८१ बुधबार
कोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
पुष २४, २०८१ बुधबार
जसपा नेपालसम्बद्ध भ्रातृसंगठनहरु राष्ट्रिय महाधिवेशनको तयारीमा
पुष २४, २०८१ बुधबार
कठ्याङ्ग्रिने चिसोः महोत्तरीका विद्यालय एक साताका लागि बन्द
पुष २४, २०८१ बुधबार