हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को ट्रेलर सार्वजनिक
नेपालबहस संवाददाता
पुस २३, २०८१ मंगलबार १२:१८:३८
२३ पुस, काठमाडौं । हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्र विकास बोर्डको हलमा एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो।
सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तुबारे प्रकाश पार्छ । झन्डै ३ मिनेट लामो ट्रेलरले फिल्म गाउँघरमै बसेर विभिन्न पेशा अंगालेका ४ युवकहरूको जीवनमा एक युवतीको आगमनपछि उत्पन्न परिस्थितिलाई हास्य शैलीमा प्रस्तुत गरिएको देखाइएको छ ।
ट्रेलर हेर्दा फिल्मले हररमा पनि नयाँ स्वाद दिने अनुमान गर्न सकिन्छ । माघ ४ गतेबाट प्रदर्शनमा आउने चलचित्रलाई नविन भट्टले निर्देशन गरेका हुन् । ट्रेलर रिलिज कार्यक्रममा बोल्दै निर्माता तथा कलाकार मनोज अधिकारीले चलचित्र फरक कथा वस्तुमा र नौलो शैलीमा निर्माण गरिएको बताए।
फिल्ममा सन्दीप श्रेष्ठ, भावना उप्रेती, रविना केसी, पिटर प्रिन्स, मनोजकुमार अधिकारी, शंकर सेढाई, सूर्यमान लिम्बू, पुष्प अवस्थी लगायतको अभिनय छ । निर्देशक भट्ट र सन्दीप श्रेष्ठले फिल्मको स्क्रिप्ट मिलेर लेखेका हुन् । ‘आज साइकल, भोलि फरारी’ ट्यागलाइन दिइएको फिल्मले दर्शकलाई नयाँ स्वाद दिने छनक ट्रेलरले देखाउँछ ।
मनोजकुमार अधिकारी फिल्मका निर्माता हुन् । फिल्ममा जितु तामाङको छायाङ्कन, केशवराज भट्टको कोरियोग्राफी, प्रशान्त शिवाकोटीको संगीत तथा अनन्त घिमिरेको सम्पादन रहेको फिल्म बिन्दबासिनी क्रियसनको ब्यानरमा निर्माण भएको हो । फिल्मलाई देशभर आरआर फिल्मस्ले वितरण गर्दैछ । फिल्मको डिजिटल अधिकार म्युजिक नेपालले खरिद गरेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशाहीको चलचित्र ‘एक्लो’ को क्यारेक्टर पोस्टर विजय लामाको लुक्स सार्वजनिक
माघ ७, २०८१ सोमबार
लक्की फिल्मी अवार्ड-२०८१ फागुनमा हुने
माघ ६, २०८१ आइतबार
‘कार्साङ’को कथावस्तुप्रति शेर्पा समुदायको आपत्ति, सार्वजनिक माफीको माग
माघ ४, २०८१ शुक्रबार
कञ्चनपुरमा प्रहरी जवानले गरे आफैंमाथि गोली प्रहार, अवस्था नाजुक
माघ ९, २०८१ बुधबार
रूपेन्देहीमा रवि लामिछानेको थुनछेक बहस सुरू
माघ ९, २०८१ बुधबार
बझाङमा १२ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै
माघ १०, २०८१ बिहिबार
प्रि-ओपन सेसनमा नेप्से ४.७७ अंकले बढ्यो
माघ १०, २०८१ बिहिबार
थाइल्याण्डमा सबैभन्दा ठुलो समलिङ्गी बिबाह समारोह सुरू, आजै ११४८ जोडी बाँधिने
माघ १०, २०८१ बिहिबार
बबी देओल र सैफअली पछि यी फ्लप नायक बन्दैछन् खलनायक
माघ १०, २०८१ बिहिबार
ट्रम्प सरकारको पहिलो दिन ३०८ आप्रवासी पक्राउ, ७ लाखसँग सोधपुछ गरिने
माघ १०, २०८१ बिहिबार