नवलपरासीमा एसपी वाग्लेको संलग्नतामा तस्करी बढ्यो, फिर्ता बोलाउने सशस्त्र मुख्यालयको चेतावनी
नेपालबहस संवाददाता
पुस २३, २०८१ मंगलबार २१:२४:३६
२३ पुष, काठमाडौं । सशस्त्र प्रहरी मुख्यालयले तराई मधेश र मधेश प्रदेशका एसपी, डीएसपीहरुलाई १५ दिने अल्टिमेटम दिए लगत्तै सशस्त्र प्रहरीका एसपी प्रकाश वाग्लेविरुद्ध विभागमै उजुरी परेको छ । उनकै संलग्नतामा पश्चिम नबलपरासीबाट तस्करी मौलाएको भन्दै सशस्त्रमा उजुरी परेको हो । उजुरीमा जिल्लाको हरपुर नाकामा डीएसपी बिष्णु अधिकारी त्यसमा प्रत्यक्ष संलग्न रहँदै आएको भनिएको छ ।
यतिखेर बलिनगर, गुठी, हरपुर, भुजहवा नाकाबाट दिउँसै तस्करी हुने गरेको उजुरीमा उल्लेख छ । वाग्लेको कार्यकालमा एक पटक हेडक्वाटरको आदेशमा अबैध गोदाममा छापा मारेको बाहेक अहिले कुनै पनि सामान बरामद भएको छैन । तर उनलाई लुम्बिनी प्रदेशका डीआइजी प्रदिपकुमार पालले सहयोग गरिरहेको बताइएको छ ।
यता कपिलवस्तुको चाकरचौड गुल्मका डीएसपी जयराम बस्नेत फेरि गुल्म फिर्ता भएका छ्न् । उनै पाललाई पनि हेडक्वार्टमा बोलाइएको थियो । पश्चिम नवलपरासीमा हरियो केराउ (मटर) तस्करी बढेको स्रोतको दावी छ । जिल्लाको सीमावर्ती क्षेत्र झोलनिपुर, बसैया, धर्मौली, हरकपुरा नाकाबाट दैनिक ८ देखि १० ट्रक केराउ भारत तस्करी हुने गरेको बताइएको छ ।
कारोबारीहरुले बर्दघाट, बासाबसही, गोपिगञ्ज र परासी बजारमा केराउ ल्याएर राख्ने र त्यहाँबाट बिल काटेर सीमावर्ती क्षेत्रको गोदाममा लगेर राख्ने गरेका छन् । गोदामबाट उनीहरुले साइकल र विभिन्न व्यक्तिलाई झोला र बोरामा बोकाएर भारत पठाउने गरेका हुन् । विभिन्न समयमा प्रहरीले केराउ बरामद गर्ने गरेपनि बिल र अन्य कागजपत्र दुरुस्त रहेको भन्दै छाडिदिने गर्दा तस्करी झन बढेको हो ।
त्यसरी छाडिएका केराउ भारतीय एसएसबीले धमाधम बरामद गर्न थालेको छ । त्यसैगरी झरही खोलामा अवैध उत्खनन भई खोलाजन्य पदार्थको चोरी–निकासी बढेको छ । गाउँघरमा प्रयोग गर्ने भनी स्थानीय तस्कर खोलामा साँझ–बिहान खोलाजन्य पदार्थ चोरी गरी बिक्री वितरण गरिरहेको पाइएको हो ।
रामग्राम नगरपालिका–१ सहुवा टिकर र वडा नं ४ सूर्यपुराबाट स्थानीय खोला तस्करले खोलाबाट बालुवा र भक्सट निकाली बजारमा बिक्री वितरण गरिरहेको स्थानीयवासी बताउँछन् । खोलामा दिनहुँ करिब १ सय ट्याक्टर खोलाबाट अवैध उत्खनन गरी बालुवा तथा भक्सट चोरी गरी बिक्री–वितरण गरिरहँदा सशस्त्र प्रहरी मौन बसेको भन्दै आलोचना भएको छ । सरावल गाउँपालिका ६ रामपुर खडौनाबाट प्याजको अवैध तस्करी हुने गरेको स्थानीय वासिन्दाको भनाई छ । सशस्त्र प्रहरी मुख्यालयले कुनै पनि तरिकाले तस्करी रोकिएन भने कमाण्डरलाई फिर्ता बोलाउने चेतावनी दिइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
पुष १९, २०८१ शुक्रबार
सशस्त्रमा चार डीआईजीको म्याद थपमा अवरोध कायमै, रोक्ने लविङमा एसएसपीहरु नै सक्रिय
पुष १८, २०८१ बिहिबार
अपिहिमाल गाउँपालिकाको विकासमा पहल गर्छु : अध्यक्ष प्रचण्ड
पुष २४, २०८१ बुधबार
१० लाख धरौटीमा रिहा भइन् लेखा समिति सभापतिकी श्रीमती अञ्जला कोइराला
पुष २४, २०८१ बुधबार
नेपाल नबन्नुको कारण
पुष २४, २०८१ बुधबार
विपिन जोशीको रिहाइका लागि पहल गरिदिन इजरायललाई परराष्ट्रमन्त्रीको आग्रह
पुष २४, २०८१ बुधबार
बागमती सफाइ अभियानमा काठमाडौं महानगरका वडाले सघाउने
पुष २४, २०८१ बुधबार
इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई मन्त्रालयले कारबाही गर्ने
पुष २४, २०८१ बुधबार