एमाले केन्द्रीय समिति बैठक सुरू
नेपालबहस संवाददाता
पुस २३, २०८१ मंगलबार १२:५९:४
२३ पुस, काठमाडौं । नेकपा एमालेको केन्द्रीय समिति बैठक सुरू भएको छ। गत आइतवार देखी काठमाडौंमा सुरू भएको केन्द्रीय समिति बैठकमा धारणा राख्ने क्रम नसकिएकाले आज पनि जारी रहेको हो।
अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा हिजो ६४ जना केन्द्रीय सदस्य र ५२ जना पोलिटब्युरो र स्थायी कमिटीका सदस्यहरूले आ आफ्नो धारणा राखेका थिए । आज बाँकी केन्द्रीय सदस्यहरूले धारणा राख्ने एमालेले जनाएको छ ।
अध्यक्ष ओलीले नेकपा माओवादीका अध्यक्ष प्रचण्डको अनावश्यक ‘दाउँपेच र छलछाम’ कारण कांग्रेस एमाले गठबन्धनको सरकार बनेको तर्क गर्दै मुलुकको राजनीतिक स्थायित्वका लागि २०८४ सम्म गठबन्धन कायम रहने जनाएका छन ।
कांग्रेसको समर्थनमा बनेको सरकारले ६ महिना भित्र उल्लेख्य प्रगति गरेको दावी गर्दै आर्थिक विकासमा लागि परेको ओलीले प्रतिवेदनमा उल्लेख गरेका छन ।
सरकारमा नहुँदा ३.९ प्रतिशतको आर्थिक बृद्दीदरमा सीमित भएको बेला सरकारको नेतृत्वमा आएको दाबी गर्दै ओलीले आफ्नो कार्यकालमा ५.१ प्रतिशतको लक्ष्य चुम्न लागेको दाबी गरेका छन् ।
नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति आक्रामक देखिएको ओलीको प्रतिवेदन सत्ता सहयात्री कांग्रेस प्रति भने नरम रूपमा प्रस्तुत भएको देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनता र विकासलाई केन्द्रबिन्दुमा राखेर काम गर्न राष्ट्रपतिको आग्रह
माघ १०, २०८१ बिहिबार
अखिल क्रान्तिकारीमा ३१२ पदका लागि ५०० जनाको उम्मेदवारी, शनिबार मतदान
माघ १०, २०८१ बिहिबार
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
माघ १०, २०८१ बिहिबार
कञ्चनपुरमा प्रहरी जवानले गरे आफैंमाथि गोली प्रहार, अवस्था नाजुक
माघ ९, २०८१ बुधबार
सूर्यविनायक–धुलिखेल सडकः दैनिक ५ घण्टा बन्द गरी निर्माण गर्ने तयारी
माघ १०, २०८१ बिहिबार
काभ्रेको महाभारत जङ्गलमा लागेको आगलागी अझै नियन्त्रणमा आएन
माघ १०, २०८१ बिहिबार
सगरमाथा यात्रा दस्तुरमा वृद्धि, विदेशीले अब थप ४ हजार डलर तिर्नुपर्ने !
माघ १०, २०८१ बिहिबार
सुप्रिम सहकारी ठगी प्रकरण: लामिछानेको थुनछेक बहसमा आधा दर्जन सरकारी वकिल सहभागी
माघ १०, २०८१ बिहिबार
जनता र विकासलाई केन्द्रबिन्दुमा राखेर काम गर्न राष्ट्रपतिको आग्रह
माघ १०, २०८१ बिहिबार
अमेरिकामा हिम आँधीका कारण १० जनाको मृत्यु
माघ १०, २०८१ बिहिबार
बझाङमा १२ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै
माघ १०, २०८१ बिहिबार