अदालतको अपहेलनासम्बन्धी मुद्दामा बार अध्यक्ष घिमिरेको विवादित अडिओ झिकाउन आदेश
नेपालबहस संवाददाता
पुस २३, २०८१ मंगलबार १३:१५:४०
२३ पुष, काठमाडौं । सर्वोच्च अदालतले अदालतको अपहेलनासम्बन्धी नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध दर्ता भएको मुद्दामा उनले बोलेको अडियो झिकाउने आदेश दिएको छ । मंगलबार न्यायाधीशद्वय नहकुल सुवेदी र अव्दुल अजिज मुसलमानको इजलासले उक्त आदेश गरेको हो ।
यो मुद्दाको पशी एक नम्बरमै परेको थियो । बारेले भने ५० जना कानुन व्यवसायी उपीसथत गराएर बहश गर्ने तयारी गरेको थियो । सर्वोच्चका उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेले उठाएको प्रतिवेदनका आधारमा बार अध्यक्ष घिमिरेविरुद्ध असोज १४ गते अदालतको अवहेलना मुद्दामा कारबाही अघि बढाएको थियो ।
न्याय परिषद्ले गत असोज ११ गते सर्वोच्च अदालतमा दुई जना न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेपछि अध्यक्ष घिमिरेले लेनदेनका आधारमा यो निर्णय भएको आरोप लगाएका थिए । यसपछि सर्वोच्चमा रिट दर्ता भएको थियो । यसअघि घिमिरेसँग लिखित जवाफ माग गरिएको थियो भने उनले त्यसको जवाफ पनि फर्काइसकेका थिए । अब बोलेको सामाग्री उपलब्ध गराउनु पर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकञ्चनपुरमा प्रहरी जवानले गरे आफैंमाथि गोली प्रहार, अवस्था नाजुक
माघ ९, २०८१ बुधबार
रूपेन्देहीमा रवि लामिछानेको थुनछेक बहस सुरू
माघ ९, २०८१ बुधबार
जनता र विकासलाई केन्द्रबिन्दुमा राखेर काम गर्न राष्ट्रपतिको आग्रह
माघ १०, २०८१ बिहिबार
अमेरिकामा हिम आँधीका कारण १० जनाको मृत्यु
माघ १०, २०८१ बिहिबार
बझाङमा १२ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै
माघ १०, २०८१ बिहिबार
प्रि-ओपन सेसनमा नेप्से ४.७७ अंकले बढ्यो
माघ १०, २०८१ बिहिबार
थाइल्याण्डमा सबैभन्दा ठुलो समलिङ्गी बिबाह समारोह सुरू, आजै ११४८ जोडी बाँधिने
माघ १०, २०८१ बिहिबार