राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएको संसदलाइ बल्ल दिइयो जानकारी
नेपालबहस संवाददाता
पुस २३, २०८१ मंगलबार १३:२३:३
२३ पुस, काठमाडौं । अमेरिकामा गत महिना भएको राष्ट्रपतीय निर्वाचनमा ट्रम्पको जितको औपचारिक घोषणा भएको छ ।
मतगणनापछि उपराष्ट्रपति कमला ह्यारिसले डोनाल्ड ट्रम्पलाई आज विजयी घोषणा गरेकी हुन् । ट्रम्पको जित नोभेम्बर ६ मा तय भएको थियो तर आज औपचारिक रूपमा घोषणा गरिएको हो ।
इलेक्टोरल कलेजको मतगणनाको परिणाम घोषणा अमेरिकी संसदको क्यापिटल हिलमा रहेको हाउस अफ रिप्रिजेन्टेटिभ्स र कांग्रेसका दुवै सदन सिनेटको संयुक्त सत्रमा भएको थियो। उपराष्ट्रपति कमला ह्यारिस सिनेटको अध्यक्ष भएकाले यो प्रक्रियाको अध्यक्षता गरेकी थिइन् । अमेरिकी संसदको प्रचलन अनुसार संसदमा राष्ट्रपति निर्वाचित भएको बारेमा औपचारिक जानकारी दिए पछि मात्र निर्वाचनले बल्ल पुर्णता पाउने र त्यसपछि मात्र भावी राष्ट्रपतिलाइ संसदले पहिचान गर्नेछ ।
विजयको औपचारिक घोषणापछि ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कांग्रेस 'अमेरिकी संसद' ले आज हाम्रो चुनाव जीत प्रमाणित गर्यो। यो इतिहासमा ठूलो क्षण हो ।’
अमेरिकामा नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन भएको थियो । यसमा ट्रम्प विजयी भएको यसअघि नै घोषणा भइसकेको छ । ट्रम्पले ३१२ इलेक्टोरल भोट पाएर यो बिजय हासिल गरेका थिए । उनका प्रतिद्वन्द्वी कमलाले २२६ इलेक्टोरल भोटमा सिमित हुनु परेको थियो । चुनाव जित्नका लागि उम्मेदवारलाई २७० इलेक्टोरल भोट चाहिन्छ।
ट्रम्पले अब १३ दिन पछि अर्थात २० जनवरीमा राष्ट्रपतिको पद तथा गोपनीयताको शपथ लिनेछन् । क्यापिटल हिल वरिपरि तारबार लगाइएको छ र यो महिनाको अन्त्यमा हुने संयुक्त बैठक र ट्रम्पको सपथ ग्रहण समारोहको लागि भारी सुरक्षा परिचालन गरि सकिएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकामा हिम आँधीका कारण १० जनाको मृत्यु
माघ १०, २०८१ बिहिबार
थाइल्याण्डमा सबैभन्दा ठुलो समलिङ्गी बिबाह समारोह सुरू, आजै ११४८ जोडी बाँधिने
माघ १०, २०८१ बिहिबार
ट्रम्प सरकारको पहिलो दिन ३०८ आप्रवासी पक्राउ, ७ लाखसँग सोधपुछ गरिने
माघ १०, २०८१ बिहिबार
कञ्चनपुरमा प्रहरी जवानले गरे आफैंमाथि गोली प्रहार, अवस्था नाजुक
माघ ९, २०८१ बुधबार
घर धितो राखेर ‘इमर्जेन्सी’ बनाएको कंगनाले गरिन् खुलासा
माघ ९, २०८१ बुधबार
सगरमाथा यात्रा दस्तुरमा वृद्धि, विदेशीले अब थप ४ हजार डलर तिर्नुपर्ने !
माघ १०, २०८१ बिहिबार
सुप्रिम सहकारी ठगी प्रकरण: लामिछानेको थुनछेक बहसमा आधा दर्जन सरकारी वकिल सहभागी
माघ १०, २०८१ बिहिबार
जनता र विकासलाई केन्द्रबिन्दुमा राखेर काम गर्न राष्ट्रपतिको आग्रह
माघ १०, २०८१ बिहिबार
अमेरिकामा हिम आँधीका कारण १० जनाको मृत्यु
माघ १०, २०८१ बिहिबार
बझाङमा १२ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै
माघ १०, २०८१ बिहिबार