मंगलबार नेप्से ६ अंकले बढेर २६४६ मा पुग्दा ५ अर्ब ३८ करोडका शेयर खरिदबिक्री भए
नेपालबहस संवाददाता
पुस २३, २०८१ मंगलबार १५:४०:४६
२३ पुस, काठमाडौं । मंगलबार नेप्से परिसूचक ६.१६ अंक बढेर २६४६ मा कायम भएको छ । बजारको परिसूचक बढ्दा कारोबार रकम घटेको छ । अघिल्लो दिन ६ अर्ब ३० करोडको कारोबार भएकोमा आज ५ अर्ब ३८ करोडको भयो ।
मंगलबार तीन कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । सप्तकोशी विकास बैंक, न्यादी हाइड्रोपावर र प्रभुमहालक्ष्मी लाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । सिन्धु विकास बैंकको ९.७, समृद्धि फाइनान्सको ९, सामुदायिक लघुवित्तको ८.६ र अपरहेवाखोलाको ८.३ प्रतिशत मूल्य बढ्यो ।
१२६ कम्पनीको मूल्य बढ्दा १०७ को घट्यो भने १० को स्थिर रह्यो । अरुभन्दा फाइनान्स सेक्टरमा आकर्षण देखिएको छ । सो समूह २.६५ प्रतिशत बढ्यो । आत्मनिर्भर लघुवित्त र दोल्ती पावरको मूल्य १० प्रतिशत घट्यो । भूगोल इनर्जीको ८.४, उपकार लघुवित्तको ५.६ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा सिन्धु विकास बैंक, सप्तकोशी विकास बैंक, साहस ऊर्जा, एनआरएन इन्फ्रास्ट्रक्चर र भूगोल इनर्जी क्रमशः अगाडि रहे ।
व्यापार ०.५९, निर्जीवन बीमा ०.४२, माइक्रोफाइनान्स ०.४४, जीवन बीमा ०.६७, हाइड्रोपावर ०.४२, विकास बैंक ०.८० प्रतिशत बढे । बैंकिङ ०.२७, होटल तथा पर्यटन ०.०४, अन्य ०.१८ र उत्पादन समूह ०.२५ प्रतिशत घटे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबजार खुल्नासाथ नेप्सेमा १ करोड ३६ लाखमाथिको शेयर कारोबार
पुष २४, २०८१ बुधबार
प्रि-ओपन सेसनमा नेप्से १३.६५ अंकले बढ्यो
पुष २३, २०८१ मंगलबार
मण्डलामा ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ नाटक मञ्चन हुने
पुष २४, २०८१ बुधबार
मोरङ जिल्ला अदालतमा अन्जला कोइरालको थुनछेक बहस सकियो, कस्तो आउँछ आदेश ?
पुष २४, २०८१ बुधबार
प्रजनन केन्द्रमा हुर्काइएका ४१ गोही राप्तीमा छोडियो
पुष २४, २०८१ बुधबार
बालविवाह घटाउन बाँकेका युवा सक्रिय
पुष २४, २०८१ बुधबार