पर्यटनमन्त्री पाण्डेको नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष अधिकारीलाई एक महिने अल्टिमेटम
नेपालबहस संवाददाता
पुस २३, २०८१ मंगलबार १६:३२:४९
२३ पुस, काठमाडौं । नेपाल बायुेवा निगमको सुधारमा ध्यान नदिएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निगममा सुधार ल्याउन एक महिने अल्टिमेटम दिएका छन् । एक महिनाभित्र निगमलाई सुधारमा लान सकिने विश्वास योग्य योजना पेश गर्न र यसअघि निगममा सुधार ल्याउन नसक्नुका कारण दिन भनिएको छ ।
मंगलबारको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा पर्यटनमन्त्री पाण्डेले नेवानिलाई सुधारको योजनासाथ काम गर्न एक महिनाको समय दिएको जानकारी दिएका छन् । एक महिनामा अध्यक्ष अधिकारीले मन्त्रीको निर्देशन अनुसार काम नगरे उनलाई के सजाय हुने भन्ने खुलाएका छैनन् । निगमको अवस्थामा परिवर्तन ल्याउन आफूले अन्तिम पटक अधिकारीलाई मौका दिएको उनको भनाइ छ ।
मन्त्री पाण्डेले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई टिकट मूल्यवृद्धि नियन्त्रण गर्न राष्ट्रिय ध्वजावाहक बलियो हुनुपर्ने र त्यसका लागि नेपालको आकाश सुरक्षित र भरपर्दो हुनुपर्ने तथा त्यसमा सबैको सहयोग आवश्यक पर्ने बताए । हवाईजहाज खरिद प्रकरणदेखि सञ्चालन र टिकट वितरणमा सुधार गर्नु आवश्यक छ, त्यसका लागि हामी काम गरिरहेका छौं, मन्त्री पाण्डेले भने ।
बैठकमा मन्त्री पाण्डेले हवाई जहाज खरिद प्रकरणदेखि सञ्चालन र टिकट वितरणमा सुधार गर्नुपर्ने देखिएको धारणा राखेका थिए । मन्त्री पाण्डेले वायुसेवा निगमका समस्या समाधानका लागि कार्यकारी अध्यक्षलाई सुधारको योजनाका साथ काम गर्न एक महिनाको अवधिसहित निर्देशन दिएको समेत जानकारी दिए ।
यसअघि अधिकारीलाई भदौ १२ गते पर्यटनमन्त्री पाण्डेले स्पष्टीकरण सोधेका थिए । मन्त्रालयले एक साताभित्र जवाफ दिन भनिएको थियो । यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि अधिकारीलाई २७ बुँदे स्पष्टीकरण सोधेको थियो । युरोपेली युनियन (ईयू) को अडिट र प्राधिकरणले विभिन्न समयमा गरेको अडिटबाट देखिएका कैफियत हटाउन निगमले के कस्तो काम गरिरहेको छ भन्नेबारे स्पष्टीकरण सोधिएको थियो ।
यसैबीच सांसदहरुले वाइडबडी जहाज प्रकरणमा छानबिन गर्न संसदीय समिति बनाउन माग गरेका छन् । समितिको बैठकमा उनीहरुले समितिले विशेष पहल लिएर वाइडबडी जहाज प्रकरणमा छानबिन गर्न संसदीय समिति बनाउन गरेका हुन् । विशेष अदालतले अख्तियारले गरेको छानबिनमा प्रश्न समेत उठाएकाले समितिले नै संसदीय छानविन समिति बनाउन पहल गर्नुपर्ने उनीहरुको माग छ ।
बैठकमा निगमका कार्यकारी अध्यक्ष अधिकारीले जहाजका सामानहरु समयमा नै नपाउँदा मर्मत कार्यमा ढिलाइ हुने गरेको भन्दै नियतबस हुने ढिलाईको निगमले सुक्ष्म ढंगले अनुसन्धान गर्ने गरेको बताए । साढे १० प्रतिशत व्याजमा जहाज किनेर नाफा कमाउने बिषय उचित नभएको उनले बताए । अधिकारीले निगमको ऋण चुक्ता गर्नका लागि किस्ता बढाउन र उचित सहुलियत माग गरेपनि सम्बोधन हुन नसकेको उल्लेख गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराहदानी विभागको टेण्डरमा आवेदक कम्पनीको प्रश्नै प्रश्न
पुष २२, २०८१ सोमबार
मण्डलामा ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ नाटक मञ्चन हुने
पुष २४, २०८१ बुधबार
मोरङ जिल्ला अदालतमा अन्जला कोइरालको थुनछेक बहस सकियो, कस्तो आउँछ आदेश ?
पुष २४, २०८१ बुधबार
प्रजनन केन्द्रमा हुर्काइएका ४१ गोही राप्तीमा छोडियो
पुष २४, २०८१ बुधबार
बालविवाह घटाउन बाँकेका युवा सक्रिय
पुष २४, २०८१ बुधबार