कांग्रेससँगको सहकार्यमा राजनीतिक स्थायित्वको आशा जागृत भएको एमालेको निष्कर्ष, १४ प्रस्ताव पारित
नेपालबहस संवाददाता
पुस २३, २०८१ मंगलबार १७:१३:३७
२३ पुस, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सकिएको छ । आइतबारबाट सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठक मंगलबार अध्यक्ष केपी शर्मा ओलीले समापन मन्तव्य राखेसँगै सकिएको हो । बैठकमा अध्यक्ष ओलीले ४७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेस गरेका थिए । सो प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूलाई धारणा राख्नु तीन मिनेटको समय दिइएको थियो ।
बैठकले १४ प्रस्ताव पारित गरेको छ । राष्ट्रिय हितको रक्षा, राजनीतिक स्थायित्व, अर्थतन्त्रमा गतिशीलता, सुशासन, विकास र समृद्धिको मुख्य उद्देश्य राखेर नेकपा (एमाले) र नेपाली काँग्रेस सम्मिलित संयुक्त सरकार गठन भएसँगै देशमा राजनीतिक स्थायित्वको आशा जागृत भएको एमालेको निष्कर्ष छ ।
बैठकको समापन गर्दै अध्यक्ष ओलीले पार्टीमा कुनै गुट र विचारधारा नभएको प्रष्ट पारेका छन् । केही स्वार्थ समूहहरू भन्दा बाहेक अन्य कोही पनि पार्टीमा गुट बनाएर नहिँडेको ओलीको भनाइ थियो । नेपाली कांग्रेससँग भइरहेको सहकार्यलाई कुनै हिसावले पनि तलमाथि पार्न नमिल्ने ओलीको भनाइ छ । थोरै समय लिएका ओलीले विचारधारा र गुट पार्टीमा छैन । विचारमा हाम्रो कुनै मतभिन्नता छैन । आफ्नो कुनै कुरा राख्न मन छ भने बैठकमा राख्नुस् । यहाँ राखेका कुरा सुनिन्छ । पार्टीका विषयहरू सडकमा राख्ने र सडकबाट जनमत बनाउँछु भन्ने कुरा प्रक्रियाका हिसाबले ठिक हुँदैन, भनेका थिए ।
मुख्य राजनीतिक दलहरूको नेतृत्वमा ७ दले सहभागी भएर बनेको यस सरकारसँग जनताका धेरै अपेक्षाहरू छन् । सरकारको काँधमा नेपालको संविधानले परिकल्पना गरेको दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने दिशामा बलियो जग बसाल्ने ऐतिहासिक अभिभारा छ, उनको भनाइ थियो ।
सत्तारूढ दलहरू बिचको आपसी विश्वास तथा समझदारी अझ सुदृढ होस् र यो सरकार प्राप्त ऐतिहासिक अवसरलाई सदुपयोग गर्दै अर्थतन्त्रलाई गतिशील बनाउन, सुशासन, विकास र समृद्धिको अभिभारा र गर्न एवं राजनीतिक स्थायित्व सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
पुष २४, २०८१ बुधबार
जसपा नेपालसम्बद्ध भ्रातृसंगठनहरु राष्ट्रिय महाधिवेशनको तयारीमा
पुष २४, २०८१ बुधबार
बैठकबाट माओवादीले पारित गर्यो १६ प्रस्तावः पूर्णपाठ
पुष २३, २०८१ मंगलबार
नगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
मण्डलामा ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ नाटक मञ्चन हुने
पुष २४, २०८१ बुधबार
मोरङ जिल्ला अदालतमा अन्जला कोइरालको थुनछेक बहस सकियो, कस्तो आउँछ आदेश ?
पुष २४, २०८१ बुधबार
प्रजनन केन्द्रमा हुर्काइएका ४१ गोही राप्तीमा छोडियो
पुष २४, २०८१ बुधबार
बालविवाह घटाउन बाँकेका युवा सक्रिय
पुष २४, २०८१ बुधबार