लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
नेपालबहस संवाददाता
पुस २३, २०८१ मंगलबार २१:१९:४९
२३ पुष, काठमाडौं । सरकारले सशस्त्र प्रहरीका चार जना नायब महानिरीक्षक (डीआईजी) को पदावधि थपेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको सिफारिस अनुसार पुस २३ गते चार वर्षे पदावधि पूरा हुन लागेका डीआईजीहरुको एक वर्ष पदावधि थप गर्ने निर्णय गरेको हो । पद थप गर्ने विषय विवादमा परेको थियो ।
एक मन्त्रीले नेपालबहसलाई दिएको जानकारीअनुसार डीआईजीहरू कमल गिरी, गणेश ठाडा मगर, कुलबहादुर नेम्बाङ र शम्भु सुवेदीको कार्यकाल एक वर्ष थपिएको हो । अब यीनै चार मध्येबाट एक जनालाई सशस्त्रको आईजीपी बनाइनेछ । तीन वर्षपछि सशस्त्र प्रहरी बलको महानिरीक्षक बन्नेगरी आगामी वैशाखमा कमल गिरी र गणेश ठाडा मगरमध्ये एक जना एआईजीमा बढुवा हुनेछन् ।
सशस्त्र प्रहरी नियमावली २०७१ ले उनीहरूको एक वर्ष पदावधि थप गर्ने व्यवस्थाअनुसार सशस्त्र प्रहरी मुख्यालयले एक वर्ष पदावधि थप गर्ने प्रस्ताव पठाइसकेको थियो । सशस्त्र प्रहरी नियमावली २०७२ अनुसार डीआईजीको चार वर्ष अवधि पूरा गरेर अवकाश हुन लागेको अवस्थामा ‘सरकारले आवश्यक ठानेमा एक वर्ष पदावधि थप गर्न सक्नेछ’ भन्ने प्रावधान छ । सोहीअनुसार प्रस्ताव पठाइएको सशस्त्र प्रहरी मुख्यालयले पठाएको थियो ।
२०५६ असार ३ गते डीआईजी कमल गिरी, गणेश ठाडामगर, कुलबहादुर नेम्वाङ प्रहरी निरीक्षकबाट भर्ना भएका थिए । डीआईजी शम्भु सुवेदी उनीहरूभन्दा अघि भर्ना भएका हुन् । सशस्त्र प्रहरी बल स्थापना भएपछि चारै जना सशस्त्र प्रहरीमा स्थानान्तरण भएका हुन् । मुलुक द्वन्द्वकालमा हुँदा उनीहरूकै टोलीले विभिन्न परिस्थितिको सामना गरेको थियो ।
२०८१ पुस २३ मा पदावधि पूरा गरेर अवकाश हुन लाग्दा मुख्यालयले पदावधि थपको व्यवस्था गर्न सरकारलाई आग्रह गरेको थियो । सशस्त्र प्रहरी नियमावली अनुसार डीआईजीको पदावधि चार वर्षको हुन्छ । एक वर्ष थप्न सकिने कानुनी व्यवस्थाअनुसार उनीहरूलाई घर जानबाट रोक्न र पूरा समय सरकारी सेवामा रहने वातावरण बनाउन म्याद थप गर्ने प्रस्ताव मन्त्रालयमा गएको थियो ।
सशस्त्र प्रहरी नियमावली–२०७२ अनुसार डीआईजीको चार वर्ष अवधि पूरा गरेर अवकाशमा हुन लागे ‘सरकारले आवश्यक ठाने एक वर्ष पदावधि थप गर्न सक्नेछ’ भन्ने उल्लेख छ । त्यसको प्रस्ताव सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) ले गर्ने प्रावधान छ । यसअघि उपत्यकास्थित नम्बर–९ पशुपति वाहिनीमा कार्यरत डीआईजी किशोर प्रधानको म्याद थप गरिएको थियो । उनी थप गरिएको एक वर्ष पनि नबिताउँदै माघ १० मा अनिवार्य अवकाशमा जान लागेका छन् ।
एआईजीको दरबन्दी थप नहुँदा उनी घर जान लागेका हुन् । सशस्त्र प्रहरीमा अहिले सिसं १ बाट डीआईजीहरूको जागिर अवधि २१ वर्ष पुगेको छ । उनीहरू डीआईजी भएको दुई वर्ष भइसकेको छ । सुरेश श्रेष्ठ, अञ्जनीकुमार पोखरेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापा छन् । उनीहरुभन्दा केही पछि दीपक अधिकारी पनि डीआईजी भएका छन् । छोटो अवधिमै डीआईजी हुँदा सशस्त्रमा एक वर्षे म्याद थपको प्रावधान बेलाबखत चर्चामा आउने गरेको छ ।
अहिलेकै प्रावधान रहे सिसं १ लाई पनि अबको दुई वर्ष यही समस्या आउनेछ । यद्यपि प्रस्तावित सशस्त्र प्रहरी ऐनमा डीआईजीको पदावधि पाँच वर्ष राखिएको छ । नयाँ ऐन संसद्बाट पारित भए सशस्त्र प्रहरीका अहिलेको जस्तो समस्या केही हदसम्म हट्ने बताइएको छ । चार डीआईजीको म्याद थप नगराउन सिसम १ र २ का अधिकृतहरुले लामो समय कसरत गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
पुष १९, २०८१ शुक्रबार
सशस्त्रमा चार डीआईजीको म्याद थपमा अवरोध कायमै, रोक्ने लविङमा एसएसपीहरु नै सक्रिय
पुष १८, २०८१ बिहिबार
दोधारा चाँदनी नगरपालिकामा सुक्खा बन्दरहगाह बनाउन रूख कटानको सम्झौता
पुष २४, २०८१ बुधबार
अपिहिमाल गाउँपालिकाको विकासमा पहल गर्छु : अध्यक्ष प्रचण्ड
पुष २४, २०८१ बुधबार
१० लाख धरौटीमा रिहा भइन् लेखा समिति सभापतिकी श्रीमती अञ्जला कोइराला
पुष २४, २०८१ बुधबार
नेपाल नबन्नुको कारण
पुष २४, २०८१ बुधबार
विपिन जोशीको रिहाइका लागि पहल गरिदिन इजरायललाई परराष्ट्रमन्त्रीको आग्रह
पुष २४, २०८१ बुधबार
बागमती सफाइ अभियानमा काठमाडौं महानगरका वडाले सघाउने
पुष २४, २०८१ बुधबार