चन्द्रागिरि नगरपालिकाका पानी उद्योगमा प्रयोग भएका फोहर जार नष्ट
नेपालबहस संवाददाता
पुस २३, २०८१ मंगलबार २२:२९:१४
२३ पुस, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चन्द्रागिरि नगरपालिका क्षेत्रका पिउनेपानी उद्योगको निरीक्षण गरी पुराना तथा कुच्चिएका ९७ वटा जार नष्ट गरेको छ । पानी उद्योगले सफा जार प्रयोग गर्नुपर्नेमा पुराना, फोहर एवं कुच्चिएका जार प्रयोग गरेको पाइएकाले नष्ट गरिएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए ।
मोबाइल फुड ल्याब भ्यान सञ्चालन गरी चन्द्रागिरि नगरपालिकाको सहकार्यमा जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र नगर प्रहरीका प्रतिनिधि तथा नगर उपप्रमुखसमेतको टोलीमार्फत प्रशोधित पिउनेपानी उद्योग र डेरी तथा बेकरी पसलका खाद्य पदार्थ निरीक्षण अनुगमन गरिएको उनले सुनाए । सो अवसरमा मोबाइल फुड ल्याब भ्यान प्रयोग गरी प्रशोधित पिउनेपानीका नमूना पनि परीक्षण गरिएको थियो ।
नगरपालिकाको सहकार्यमा नगर क्षेत्रमा दूध तथा दुग्धजन्य पदार्थका खाद्य व्यवसायमासमेत निरीक्षण अनुगमन गरिएको थियो । नगर क्षेत्रमा रहेका डेरी तथा बेकरी पसलको निरीक्षण अनुगमन गरी बिक्री वितरणमा राखिएका दूधको सात वटा, खुवाको एउटा, घ्यूको पाँच वटा, पनिरको एउटा, दहीको तीन वटा र महको एउटा गरी जम्मा १८ थान नमूना सङ्कलन गरी मोबाइल फुड ल्याब भ्यानमार्फत परीक्षण गरिएको छ ।
निरीक्षण अनुगमनका क्रममा एनडिडी कृषि तथा पशुपन्छी फार्म चन्द्रागिरि–१५ मा उपभोग्य मिति गुज्रेका चार थान दही तथा एक थान लच्छा पराठा भेटिएकाले नष्ट गरिएको थियो । पौडेल डेरी चन्द्रागिरि नपा १२ को खुला दूधको नमूना परीक्षणमा ‘निउट्रालाइजर’ पाइएकाले करिब १२ लिटर दूध नष्ट गरी कारबाही गरिएको विभागले जनाएको छ । विभागले अनुगमन निरीक्षणलाई निरन्तरता दिने प्रवक्ता महर्जनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्दो मानव–हात्ती द्वन्द्व: २० वर्षमा २ सय ७४ जनाको मृत्यु
पुष २४, २०८१ बुधबार
दोधारा चाँदनी नगरपालिकामा सुक्खा बन्दरहगाह बनाउन रूख कटानको सम्झौता
पुष २४, २०८१ बुधबार
बागमती सफाइ अभियानमा काठमाडौं महानगरका वडाले सघाउने
पुष २४, २०८१ बुधबार
हेटौंडा औद्योगिक क्षेत्रमा थपिए दुई उद्योग
पुष २४, २०८१ बुधबार
बढ्दो मानव–हात्ती द्वन्द्व: २० वर्षमा २ सय ७४ जनाको मृत्यु
पुष २४, २०८१ बुधबार
दोधारा चाँदनी नगरपालिकामा सुक्खा बन्दरहगाह बनाउन रूख कटानको सम्झौता
पुष २४, २०८१ बुधबार
अपिहिमाल गाउँपालिकाको विकासमा पहल गर्छु : अध्यक्ष प्रचण्ड
पुष २४, २०८१ बुधबार
१० लाख धरौटीमा रिहा भइन् लेखा समिति सभापतिकी श्रीमती अञ्जला कोइराला
पुष २४, २०८१ बुधबार
नेपाल नबन्नुको कारण
पुष २४, २०८१ बुधबार