गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
नेपालबहस संवाददाता
पुस २४, २०८१ बुधबार ९:३७:५७
२४ पुस, पोखरा । गण्डकी प्रदेशका ७३ वटा पालिकामा न्यायिक सहजकर्ता माग भएकोमा ६५ वटा पालिकामा मात्र न्यायिक सहजकर्ता सिफारिस भएका छन् । ६ वटा पालिकामा कुनै दरखास्त नपरेको र २ वटा पालिकाका निम्ति उम्मेदवार परीक्षामै नआएपछि ६५ जना न्यायिक सहजकर्ता मात्र सिफारिस भएका हुन् ।
स्थानीय तहको मागको आधारमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले न्यायिक सहजकर्ता सिफारिस गरेको हो । मंसिर २६ गते सूचना प्रकाशित गरी २ सय ४१ जनाको अन्तर्वार्ताका लागि पुस १४ गतेदेखि २० गतेसम्म तोकिएको थियो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका उपसचिव तथा सूचना अधिकारी प्रवीण खतिवडाका अनुसार १ सय ६६ जनाको प्रारम्भिक र अन्तर्वार्ताको औसत अंकसमेतको आधारमा ६५ पलिकाका निम्ति न्यायिक सहजकर्ता र वैकल्पिक उम्मेदवारको नामसमेत सिफारिस गरिएको हो ।
गण्डकीमा ८५ स्थानीय तहमध्ये १२ वटा पालिकाबाट भने न्यायिक सहजकर्ता माग भएको थिएन । अहिले माग नभएका र दरखास्त नपरेका ‘बाँकी २० वटा पालिकामा पनि मागका आधारमा फेरि पनि परीक्षा लिएर पठाउने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । लोकसेवामार्फत दरबन्दी तय भएर पदपूर्तिका लागि सिफारिस नभएसम्म करार सम्झौतामा न्यायिक सहजकर्ता भर्ना गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्षयरोग अन्त्यका लागि वडा तहमै खोज अभियान सुरु
पुष १३, २०८१ शनिबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार