सहकारी ठगीमा मुछिएकी लेखा समिति सभापति पोखरेलकी पत्नी कोइराला अदालतमा हाजिर
नेपालबहस संवाददाता
पुस २४, २०८१ बुधबार ११:२०:९
२४ पुष, विराटनगर । मोरङको धनपालथान–४ मा रहेको उमा गौरी कृषि सहकारीको रकम अपचलनमा आरोपित अन्जला कोइराला बुधबार अदालत हाजिर भएकी छन् । पुस २ मा पक्राउ पुर्जी जारी गरेपछि फरार थिइन् । कोइरालाको अदालतमा थुनछेक बहस सुरू हुनेछ ।
उनी हाजिर भएसँगै बयान गराएर थुनछेक आदेश गर्ने अदालतको तयारी छ। जिल्ला अदालत उद्धव प्रसाद भट्टराईको इजलासमा उनको बयान र थुनछेक बहस हुने अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए।
कोइराला प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमती हुन् । सहकारीका अध्यक्ष शम्भु रौनियार, अन्जला, रंगेली २ का वडाध्यक्ष सन्तलाल खवाससहित २६ जनाविरूद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । वडाध्यक्ष खवास ५ लाख धरौटीमा रिहा भइसकेका छन् ।
सोही प्रकरणमा नाम जोडिएकी कोइराला बुधबार बिहान अदालत खुल्ने समयमै हाजिर भएकी हुन् । विराटनगरस्थित महेन्द्रविराट रात्री विद्यालयकी शिक्षक कोइराला अदालतको पक्राउ पुर्जीपछि विद्यालयमा विदा लिएर फरार थिइन् । उनका श्रीमान पोखरेलले सहकारी प्रकरणमा मुछिएका परिवारका सदस्यले छनबिनमा सघाउने बताउँदै आएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप१० लाख धरौटीमा रिहा भइन् लेखा समिति सभापतिकी श्रीमती अञ्जला कोइराला
पुष २४, २०८१ बुधबार
मोरङ जिल्ला अदालतमा अन्जला कोइरालको थुनछेक बहस सकियो, कस्तो आउँछ आदेश ?
पुष २४, २०८१ बुधबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार