जोशी हाइड्रोपावरको साधारण सभा माघ १५ गतेलाई आह्वान
नेपालबहस संवाददाता
पुस २४, २०८१ बुधबार ११:५५:५२
२४ पुस, काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको वार्षिक साधारण सभा माघ १५ गते बस्ने भएको छ । कम्पनीले २ आर्थिक वर्षको नवौं र दशौं वार्षिक साधारण सभा बोलाएको हो ।
सभा सेलिब्रेशन हाईट, सुकेधारा काठमाडौंमा बिहान १० बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गर्ने छैन । यसर्थ, यो पटक पनि शेयरधनीको हात खाली हुनेछ ।
सभामा आर्थिक वर्ष २०७९–८० र २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षण नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।
यस्तै, कम्पनीको रिक्त महिला १ सहित ३ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ । सभा प्रयोजनार्थ कम्पनीले माघ ३ गते गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, माघ २ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउने छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेशका सबै नागरिकमा शुद्ध पेयजलको व्यवस्था गर्न सरकार क्रियाशील
पुष २४, २०८१ बुधबार
धुलिखेल क्षेत्रका क्षतिग्रस्त खानेपानी आयोजना पुनःनिर्माणका लागि एक लाख युरो सहयोग
पुष १९, २०८१ शुक्रबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार