ठूला दलका मुख्य सचेतकसहित गृहमन्त्री जोडिएको अवहेलनासम्बन्धी मुद्दा हेर्न नमिल्नेमा राखियो
नेपालबहस संवाददाता
पुस २४, २०८१ बुधबार १२:१६:५८
२४ पुष, काठमाडौं । संघीय सांसदले इच्छाअनुसार खर्च गर्न पाउने पूर्वाधार विकास कार्यक्रमका विषयमा अदालतको अपहेलना हुने गरी कार्य गरेको भन्दै गृहमन्त्री रमेश लेखकसहित ५ जना सांसदविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको मुद्दा पेशी चढेर हेर्न नमिल्नेमा परेको छ ।
बुधबार न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा यसको पेसी तोकिएको थियो । अधिवक्ता यज्ञप्रसाद अधिकारीले गृहमन्त्रीसमेत रहेका प्रतिनिधि सभा सदस्य रमेश लेखकसहित सांसदहरू श्यामकुमार घिमिरे, सुर्यबहादुर थापा क्षेत्री, अमरबहादुर थापा र महेशकुमार बर्तौलाविरुद्ध अवहेलना मुद्दा दायर गरेका थिए ।
उनीहरूले पूर्वाधार विकास कार्यक्रम कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशका विरुद्ध असन्तुष्टि जनाउँदै संसदमा आफ्नो धारणा राखेका थिए । यसविरुद्धको रिट निवेदनमा बुधबार पेसी तोकिए पनि हेर्न नमिल्ने भएको छ । घिमिरे नेपाली कांग्रेसका मुख्य सचेतक हुन भने बर्तौला एमालेका मुख्य सचेतक हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसूर्यदर्शन सहकारी बचत अपचलन: रवि लामिछानेसहित प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २४, २०८१ बुधबार
अदालतको अपहेलनासम्बन्धी मुद्दामा बार अध्यक्ष घिमिरेको विवादित अडिओ झिकाउन आदेश
पुष २३, २०८१ मंगलबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार