वीरगन्जमा गाँजासहित चार जना पक्राउ
आबिद हुसेन
पुस २४, २०८१ बुधबार १२:४९:२९
२४ पुस, वीरगन्ज । वीरगन्ज महानगरपालिकाको ग्रामीण क्षेत्रमा प्रहरीले ठूलो परिमाणमा लागू औषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ। पर्सा प्रहरीले मंगलबार राति वीरगन्ज महानगरपालिका वडा नम्बर २० हरपतगञ्जबाट ५० किलो गाँजासहित चार जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका व्यक्तिहरूमा पर्साको बहुदरमाई नगरपालिका–१ विश्रामपुरका ४० वर्षीय पारस यादव, ५२ वर्षीय मैनुदिन मियाँ, वडा नम्बर ७ तीनटोलियाका ३६ वर्षीय अकबर मियाँ, र वडा नम्बर ७ कै छपकैयाका ४५ वर्षीय शिव महत्तो रहेका छन्।
प्रहरीका अनुसार, विशेष सूचनाको आधारमा मंगलबार राति ९:३० बजे खटिएको टोलीले हरपतगञ्ज चोक नजिकको कू्रलोको बाटो हुँदै गाँजाको भारी बोकेर हिँडिरहेका चार जनालाई नियन्त्रणमा लिएको थियो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक किशोर लम्सालले पक्राउ परेकाहरूलाई हिरासतमा राखेर लागू औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जानकारी दिए।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपलागूऔषधसहित विभिन्न ठाउँबाट सात जना पक्राउ
पुष २४, २०८१ बुधबार
पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पुष २४, २०८१ बुधबार
सुन गोहोरोसहित दुई जना पक्राउ
पुष २२, २०८१ सोमबार
संसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्गको कास्की–बागलुङखण्डमा १९३ किलोमिटर कालोपत्र
पुष २५, २०८१ बिहिबार
तराईमा हुस्सु, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २५, २०८१ बिहिबार
चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
पुष २५, २०८१ बिहिबार
एचएमपिभी साधारण रुघाखोकी गराउने भाइरस हो, आत्तिनु पर्दैनः स्वास्थ्य मन्त्रालय
पुष २५, २०८१ बिहिबार
बुइपाका चार टोलमा ड्यू, कोक, रम, बियरलगायत पेयपदार्थमा प्रतिबन्ध
पुष २५, २०८१ बिहिबार