जसपा नेपालसम्बद्ध भ्रातृसंगठनहरु राष्ट्रिय महाधिवेशनको तयारीमा
नेपालबहस संवाददाता
पुस २४, २०८१ बुधबार १३:२:४०
२४ पुस, काठमाडौं । जनता समाजवादी पार्टी 'जसपा' नेपालसम्बद्ध भ्रातृसंगठनहरु राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेका छन् ।
पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले पार्टीले आवश्यक तयारी पूरा गरी २०८२ बैशाख मसान्तभित्र सम्पूर्ण भ्रातृसंगठनलाई राष्ट्रिय अधिवेशन गर्न निर्देशन दिएबमोजिम भ्रातृसंगठन तथा पेसागत संगठनहरु आ–आफ्नो संगठनको अधिवेशनको तयारीमा जुटेको बताएका हुन् ।
पार्टीसम्बद्ध समाजवादी युवा संघ नेपाल, पिछडावर्ग महासंघ र समाजवादी विद्यार्थी युनियन नेपालले राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरिसकेका छन् भने अन्य भ्रातृसंगठनहरुले पनि राष्ट्रिय अधिवेशनको तयारीलाई तीव्रता दिइरहेको बताइएको छ ।
जसअनुसार समाजवादी युवा संघ नेपाल केन्द्रीय समितिको आगामी २०८२ वैशाख १९ र २० गते वीरगञ्जमा राष्ट्रिय महाधिवेशन हुने भएको छ ।
त्यस्तै पिछडावर्ग महासंघको २०८२ बैशाख २५ गते गर्ने निर्णय गरेको छ । महाधिवेशनको थप तयारीको लागि संगठनले धनुषाको ढल्केबरमा आगामी माघ १० गते महासंघको केन्द्रीय समितिको बैठकसमेत आह्वान गरेको छ ।
त्यसैगरी समाजवादी विद्यार्थी युनियन नेपालको राष्ट्रिय महाधिवेशन लुम्बिनी प्रदेशको भैरहवामा २०८१ चैत ७ र ८ गते हुने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार
अपिहिमाल गाउँपालिकाको विकासमा पहल गर्छु : अध्यक्ष प्रचण्ड
पुष २४, २०८१ बुधबार
विपिन जोशीको रिहाइका लागि पहल गरिदिन इजरायललाई परराष्ट्रमन्त्रीको आग्रह
पुष २४, २०८१ बुधबार
'डार्क सर्कल'बाट पीडित हुनुहुन्छ ? उसो भए यो उपाय अपनाउनुहोस्
पुष २५, २०८१ बिहिबार
संसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्गको कास्की–बागलुङखण्डमा १९३ किलोमिटर कालोपत्र
पुष २५, २०८१ बिहिबार
तराईमा हुस्सु, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २५, २०८१ बिहिबार
चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
पुष २५, २०८१ बिहिबार
एचएमपिभी साधारण रुघाखोकी गराउने भाइरस हो, आत्तिनु पर्दैनः स्वास्थ्य मन्त्रालय
पुष २५, २०८१ बिहिबार