सुर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रतिवादी तर्फको सकेर जाहेरवालका तर्फबाट जवाफी बहस सुरु
नेपालबहस संवाददाता
पुस २४, २०८१ बुधबार १४:४७:२
२४ पुष, पोखरा । कास्की जिल्ला अदालतमा प्रतिवादी तर्फको बहस सकिएर जाहेरवालका तर्फबाट जवाफी बहस सुरु भएको छ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अदालतमा उपस्थित सबै अभियुक्तहरूको तर्फबाट बहस सकिएर जवाफी बहस सुरु भएको हो ।
जिल्ला अदालत, कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा पुष १६ देखि थुनछेक बहस सुरु भएको थियो । जसमा जाहेरवाला, सरकारी वकिल र प्रतिवादीका तर्फको एकसरो बहस सकिएको हो । बुधबार जाहेरवालका तर्फबाट जवाफी बहस सुरु भएको जिल्ला सरकारी वकिल कार्यालय प्रमुख कमला काफ्लेले जानकारी दिइन् । उनका अनुसार, सरकारी वकिलको जवाफी बहस भने बिहीबार हुनेछ ।
बहस सकिएपछि इजलासले थुनामा पठाउने कि बाहिरै बसेर मुद्दाको प्रतिवाद गर्न दिने भन्ने आदेश गर्नेछ । रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित पूर्वडीआईजी छविलाल बन्जाडे जोशी, लीला पछाईं, रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङलाई अदालतमा अभियोगपत्रसाथ उपस्थित गराइएको छ ।
विभिन्न संस्थासहित ४४ जना प्रतिवादी बनाइएकामा सहकारी ठगीमा ३१ जनालाई प्रतिवादी बनाइएको छ । उनीहरूबाट एक अर्ब ५१ करोड ४० लाख रूपैयाँभन्दा बढी बिगो माग गरिएको छ । रविसहित १९ जनालाई संगठित अपराध, ४ जनालाई सम्पत्ति शुद्धीकरण र २ जनालाई क्रिप्टोको कसुरमा समेत अभियोग पत्र दायर गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगी प्रकरण : रवि लामिछानेसहितको मुद्दामा आज आदेश आउन सक्ने
पुष २५, २०८१ बिहिबार
१० लाख धरौटीमा रिहा भइन् लेखा समिति सभापतिकी श्रीमती अञ्जला कोइराला
पुष २४, २०८१ बुधबार
मोरङ जिल्ला अदालतमा अन्जला कोइरालको थुनछेक बहस सकियो, कस्तो आउँछ आदेश ?
पुष २४, २०८१ बुधबार
मध्यपहाडी लोकमार्गको कास्की–बागलुङखण्डमा १९३ किलोमिटर कालोपत्र
पुष २५, २०८१ बिहिबार
तराईमा हुस्सु, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २५, २०८१ बिहिबार
चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
पुष २५, २०८१ बिहिबार
एचएमपिभी साधारण रुघाखोकी गराउने भाइरस हो, आत्तिनु पर्दैनः स्वास्थ्य मन्त्रालय
पुष २५, २०८१ बिहिबार
बुइपाका चार टोलमा ड्यू, कोक, रम, बियरलगायत पेयपदार्थमा प्रतिबन्ध
पुष २५, २०८१ बिहिबार
सहकारी ठगी प्रकरण : रवि लामिछानेसहितको मुद्दामा आज आदेश आउन सक्ने
पुष २५, २०८१ बिहिबार