नयाँ छात्रावास भवन निर्माणको तयारीमा पोखरा विश्वविद्यालय
नेपालबहस संवाददाता
पुस २४, २०८१ बुधबार १४:४८:४७
२४ पुस, गण्डकी । पोखरा विश्वविद्यालयले नयाँ छात्रावास बनाउने तयारी सुरु गरेको छ । पोखरा महानगरपालिका–३०, खुदी, ढुङ्गेपाटनस्थित पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको दक्षिणतर्फ रहेको १२ रोपनी क्षेत्रफलमा छात्रावास निर्माण गर्ने तयारी थालिएको हो ।
नयाँ छात्रावास भवन एक सय विद्यार्थी क्षमताको पाँचतल्ले हुने र पहिलो तल्ला शिक्षण अस्पतालमा कार्यरत रेसिडेन्ट नर्सहरूको आवासका रूपमा प्रयोग गर्ने योजना रहेको विश्वविद्यालयका सूचना अधिकारी लोक प्रसाद ढकालले बताए । विश्वविद्यालयले नयाँ छात्रावास भवन निर्माण अघि बढाउँदै विस्तृत परियोजना प्रतिवेदन 'डिपिआर' तयार गर्ने सम्बन्धमा पेस कन्सल्टेन्ट प्रालिसँग ठेक्का सम्झौता भएको उनले जानकारी दिए।
पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार प्रा डा दीपकबहादुर भण्डारी र पेस कन्सल्टेन्टका प्रबन्ध निर्देशक इञ्जिनियर विष्णुप्रसाद खनालले उपकुलपति प्रा डा बेदराज केसीको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर गरेको सूचना अधिकारी ढकालले जानकारी दिए ।
सम्झौताअनुुसार छात्रावास भवनको डिजाइन फागुनभित्र तयार पार्ने जनाइएको छ । परामर्शदाताले छात्रावाससँगै भौतिक संरचना 'आन्तरिक सडक, पैदलमार्ग, ढल, बगैँचा र पार्किङ' को विस्तृत वास्तुकलात्मक तथा इन्जिनियरिङ डिजाइन तयार गर्नेछन् । सम्झौताको कूल रकम रु १७ लाख ८८ हजार दुई सय २५ रहेको विश्वविद्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल र चीनका विश्वविद्यालयबीच सहकार्य गर्ने सम्झौतामा हस्ताक्षर
पुष १५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीले तीन उपकुलपतिलाई गराए शपथ
पुष १२, २०८१ शुक्रबार
संसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्गको कास्की–बागलुङखण्डमा १९३ किलोमिटर कालोपत्र
पुष २५, २०८१ बिहिबार
तराईमा हुस्सु, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २५, २०८१ बिहिबार
चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
पुष २५, २०८१ बिहिबार
एचएमपिभी साधारण रुघाखोकी गराउने भाइरस हो, आत्तिनु पर्दैनः स्वास्थ्य मन्त्रालय
पुष २५, २०८१ बिहिबार
बुइपाका चार टोलमा ड्यू, कोक, रम, बियरलगायत पेयपदार्थमा प्रतिबन्ध
पुष २५, २०८१ बिहिबार