मातहतका निकायलाई दवाव दिने गरी कानुन परिवर्तन गर्न पर्यटनमन्त्रीले खोजे कांग्रेस र एमालेको साथ
नेपालबहस संवाददाता
पुस २४, २०८१ बुधबार १५:३०:४६
२४ पुस, काठमाडौं । काम गर्न असहज भएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्री पाण्डेले मन्त्रालय मातहत केही कानुन परिवर्तन गर्ने तयारी गरेका छन् । यसका लागि उनले सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेको साथ खोजेका छन् । मन्त्रालयका अप्ठेरा कानुन परिवर्तन र नयाँ कानुन निर्माणबारे उनले बुधबार कांग्रेस र नेकपा एमालेका नेतासँग परामर्श गरेका छन् ।
हाल भएका कानुन र नीति प्रभावकारी नभएको भन्दै उनले मन्त्रालय मातहत कानुन परिमार्जन, संशोधन र पुनर्निर्माण गर्न खोजेका छन् । यस अनुसार अहिले पर्यटन नीतिको नयाँ मस्यौदालाई अन्तिम रूप दिने तयारी छ । उनले सोही ऐनबारे छलफल आयोजना गरी शासकीय स्वरूप परिवर्तन भए पनि पुरानै कानुन भएका कारण मन्त्रालयका गतिविधि प्रभावकारी बन्न नसकेको जानकारी दिएका छन् ।
बुधबार उनले यसबारे राखेको छलफलमा एमाले महासचिव शंकर पोखरेलले नीति बनाउँदा सैद्धान्तिक भन्दा पनि व्यावहारिक विषयमा ध्यान दिन सुझाव दिए । नेपालको भविष्य पर्यटन क्षेत्रमा नै रहेको भन्दै उनले जलवायु परिवर्तनका विषय ऐनमा समेट्न सुझाव दिए । यस्तै कांग्रेस महामन्त्री गगन थापाले २०६५ सालको पुरानो ऐन प्रतिस्थापन गर्दै नयाँ बन्ने नीतिले सीमाङ्कनमा ध्यान दिनुपर्ने सुझाव दिए ।
नीति बनाउँदा सम्बन्धित अन्तर मन्त्रालयबीच छलफल आवश्यक रहेको उनको भनाइ छ । पर्यटन क्षेत्रमा सरकारभन्दा बढी निजी क्षेत्र सक्रिय र जिम्मेवार बन्न आवश्यक रहेको उनको भनाइ छ । महामन्त्री थापाले पर्यटन क्षेत्र विकासका लागि कति पर्यटक भित्रिएभन्दा पनि उनीहरूले नेपालमा बस्दा कुन क्षेत्रमा कति लगानी गरे, खर्च गरे भन्ने कुरा महत्त्वपूर्ण हुने उनले बताए । मन्त्री पाण्डेले सुझावलाई समेटेर कानुन परिमार्जन गर्ने बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रजनन केन्द्रमा हुर्काइएका ४१ गोही राप्तीमा छोडियो
पुष २४, २०८१ बुधबार
सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै
पुष २४, २०८१ बुधबार
काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन
पुष २५, २०८१ बिहिबार
बागमती खेलकुद परिषदमा थप ६ जना नियुक्त
पुष २५, २०८१ बिहिबार
जय ट्रफीः आर्मी र पुलिस बलियो अवस्थामा
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
'डार्क सर्कल'बाट पीडित हुनुहुन्छ ? उसो भए यो उपाय अपनाउनुहोस्
पुष २५, २०८१ बिहिबार
संसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार