बुधबार साढे ६ अंकले बढेर २६५३ मा उक्लियो नेप्से, बजारमा ६ अर्ब ४० करोडमाथि भयो कारोबार
नेपालबहस संवाददाता
पुस २४, २०८१ बुधबार १५:५०:४
२४ पुस, काठमाडौं । बुधबार कारोबार रकमसहित शेयरबजार बढेको छ । बजार मापन गर्ने सूचक ६.५३ अंकले बढेर परिसूचक २६५३.३८ बिन्दु कायम भएको छ । ३०५ कम्पनीको १ करोड ५५ लाख २ हजार ७५१ कित्ता शेयर ६ अर्ब ४० करोड ७९ लाख ९२ हजार ७८४ रुपैयाँको शेयर किनबेच भएको छ । कारोबारमा १३९ कम्पनीको शेयर मूल्य बढेको छ भने ९५ कम्पनीको घटेको छ ।
कारोबारमा कारोबारमा विकास बैंक, वित्त कम्पनी, जलविद्युत, जीवन बिमा, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स समूहको उपसूचक बढेको छ भने बाँकी समूहको उपसूचक घटेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ६.५३ अंक बढेको हो । अघिल्लो दिन ५ अर्ब ३८ करोडको कारोबार भएकोमा आज ६ अर्ब ४० करोडको भयो ।
यस दिन पनि फाइनान्स र विकास बैंकमा लगानीकर्ताको आकर्षण देखियो । फाइनान्स सबैभन्दा धेरै ४.७७ र विकास बैंक २.५३ प्रतिशत बढे । माइक्रोफाइनान्स १.५९, उत्पादन ०.४०, जीवन बीमा ०.४०, हाइड्रोपावर ०.२६ प्रतिशत बढे । बैंकिङ ०.२६, होटल तथा पर्यटन ०.०६, लगानी ०.३८, निर्जीवन बीमा ०.१३, अन्य ०.२६ र व्यापार १.५६ प्रतिशत घटे ।
समृद्धि फाइनान्स र सिन्धु विकास बैंकको मूल्य १० प्रतिशत बढ्यो । चिरख्वा हाइड्रोपावरको ९.८, सप्तकोशी विकास बैंकको ९.७, न्यादी हाइड्रोपावरको ९.३३, आत्मनिर्भर लघुवित्तको ७.४५, रिलायन्स फाइनान्सको ७.२ र ग्रीन डेभलपमेन्ट बैंकको ६.९ प्रतिशत मूल्य बढ्यो । सामुदायिक लघुवित्तको १० प्रतिशत मूल्य घट्यो । बाराही हाइड्रोपावरको ९.६, त्रिशुली जलविद्युत्को ६.१ प्रतिशत घट्यो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबजार खुल्नासाथ नेप्सेमा १ करोड ३६ लाखमाथिको शेयर कारोबार
पुष २४, २०८१ बुधबार
मंगलबार नेप्से ६ अंकले बढेर २६४६ मा पुग्दा ५ अर्ब ३८ करोडका शेयर खरिदबिक्री भए
पुष २३, २०८१ मंगलबार
प्रि-ओपन सेसनमा नेप्से १३.६५ अंकले बढ्यो
पुष २३, २०८१ मंगलबार
काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन
पुष २५, २०८१ बिहिबार
बागमती खेलकुद परिषदमा थप ६ जना नियुक्त
पुष २५, २०८१ बिहिबार
जय ट्रफीः आर्मी र पुलिस बलियो अवस्थामा
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
'डार्क सर्कल'बाट पीडित हुनुहुन्छ ? उसो भए यो उपाय अपनाउनुहोस्
पुष २५, २०८१ बिहिबार
संसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार