मोरङ जिल्ला अदालतमा अन्जला कोइरालको थुनछेक बहस सकियो, कस्तो आउँछ आदेश ?
नेपालबहस संवाददाता
पुस २४, २०८१ बुधबार १६:२४:२६
२४ पुष, काठमाडौं । मोरङ जिल्ला अदालतमा उमागौरी सहकारी ठगी प्रकरणकी आरोपी अन्जला कोइरालाको थुनछेक बहस सकिएको छ । अन्जलाको तर्फबाट ९ जना वरिष्ठ अधिवक्तासहित ११ जनाले बहस गरेका थिए । प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेल पत्नी रहेकी उनको जिल्ला अदालतमा सरकारी वकिल र अभियुक्त दुवैतर्फबाट बहस सकिएको हो । अन्जला बुधबार बिहान आफैँ अदालत हाजिर भएकी थिइन् ।
मोरङ धनपालथान गाउँपालिका–४ मा रहेको उमागौरी कृषि सहकारी संस्थाको रकम अपचलन प्रकरणमा मुछिएकी कोइरालाको बयानपछि सरकारी वकिल र अन्जला पक्षका कानुन व्यवसायीले बहस गरे । मोरङ जिल्ला अदालतका न्यायाधीश उद्धवकुमार भट्टराईको इजलासमा अभियोग पत्रमा उल्लेख भएका केही विषयलाई सरकारी वकिललाई न्यायाधीशले प्रस्ट्याउन खोजेका थिए ।
२२ करोड २८ लाख २७ हजार ७ सय रकम खाने पचाउने गरी अपचलन भएको दाबी अभियोगपत्रमा गरिएको छ। भगीरथ खनाल एन्ड एसोसिएट्सको लेखापरीक्षण प्रतिवेदनमा कुनै पनि ठाउँमा अन्जलाले रकम अपचलन गरेको भन्ने नदेखिएको, २० जनाको जाहेरीमा कहीँकतै पनि अन्जलाको विरुद्धमा किटानी नभएको तथा १९ जनाले गरेको कागजमा समेत नदेखिएकोले सहकारीको रकम हिनामिना तथा अपचलनमा अञ्जलताको कुनै संलग्नता नरहेको दाबी उनका कानुन व्यवसायीले गरेका थिए ।
उमागौरी कृषि सहकारी संस्थाका अध्यक्ष शम्भु रौनियार, अन्जला, रङ्गेली २ का वडाध्यक्ष सन्तलाल खवाससहित २६ जनाविरुद्ध मुद्दा दायर भएको छ । बहस सकिएकोले अन्जनालाई थुनामा पठाउने कि बाहिरै बसेर मुद्दाको प्रतिवाद गर्न पाउने भनेर आजै आदेश आउने अदालत प्रशासनले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगी प्रकरण : रवि लामिछानेसहितको मुद्दामा आज आदेश आउन सक्ने
पुष २५, २०८१ बिहिबार
१० लाख धरौटीमा रिहा भइन् लेखा समिति सभापतिकी श्रीमती अञ्जला कोइराला
पुष २४, २०८१ बुधबार
बागमती खेलकुद परिषदमा थप ६ जना नियुक्त
पुष २५, २०८१ बिहिबार
जय ट्रफीः आर्मी र पुलिस बलियो अवस्थामा
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
'डार्क सर्कल'बाट पीडित हुनुहुन्छ ? उसो भए यो उपाय अपनाउनुहोस्
पुष २५, २०८१ बिहिबार
संसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्गको कास्की–बागलुङखण्डमा १९३ किलोमिटर कालोपत्र
पुष २५, २०८१ बिहिबार