नगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
नेपालबहस संवाददाता
पुस २४, २०८१ बुधबार १६:५७:५३
२४ पुस, रौतहट । भारतीय सीमामासँग जोडिएको रौतहटको दक्षिण भेग परोहा नगरपालिकाका प्रायः सम्पूर्ण परिवारलाई ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट वितरण गरिएको छ।
मेयर शेख वकीलको पहलमा नगरलाई धुवाँमुक्त बनाउन ८ हजार परिवारलाई ग्याँस सिलिन्डरसहित चुल्हो सेट निःशुल्क वितरण गरिएको हो । परोहा नगरपालिका– ४ स्थित प्रहरी चौकीको प्रांगणबाट आइतबार देखी ग्याँससहितको चुल्हो सेट वितरण कार्यक्रम सुरु भएको हो ।
ग्याँस सिलिण्डर चुल्हो सेट बितरण कार्यक्रम बुधबार पनि जारी रहेको छ। नगरसभाबाट पारित कार्यक्रम अनुसार नगरको प्रत्येक घर परिवारलाई पुग्ने गरी लगभग ८ हजार ग्याँस चुल्हो सेट बितरण गर्ने योजना र कार्यक्रम वितरण भइरहेको परोहाका प्रमुख प्रशासकीय अधिकृत महमद महफुज अहमदले बताएका छन्।
‘चुनावमा प्रतिबद्धता गरेको थिए ,त्यहि प्रतिबद्धता पुरा गर्न लागि परेको छु । दाउरा, कोइला, गुइँठा जस्ता परम्परागत इन्धनमा आत्मनिर्भर ग्रामीण क्षेत्रका घर परीवारका महिलामा श्वास प्रश्वास जस्ता रोगको जोखिम रहेको भन्दै धुवाँ मुक्त नगर बनाउने चुनावमा गरेको प्रतिबद्धता अनुसार ग्याँस सहितको सिलिण्डर तथा चुल्हो सेट वितरण कार्यक्रम आयोजना गरिएको हो,’ मेयर शेख वकिलले भने ।
नगरका हुनेखाने परिवारको पहिले देखि नै ग्याँस चुल्होसम्म पहुँच भएता पनि अति गरीब बिपन्न तथा दलित परिवारमा समेत नगरपालिकाद्वारा पहुँच बनाएपछि उनीहरू निकै खुसी भएका छन्।
परोहा नगरपालिकामा नेपाली कांग्रेसको टिकटबाट दोस्रो पटक मेयर बनेका शेख वकिलको सक्रियतामा पहिलो कार्यकाल मै गाउँगाउँमा कालोपत्रे बाटो, ढलान देखी बाटोको दुबै तर्फ वृक्षारोपण जस्ता महत्वपूर्ण कामहरू भएको छ।
जिल्लाको १८ पालिकामध्ये अधिकांसमा बजेट कै भागबन्डाको विषय लिएर जनप्रतिनिधि बिच पटक पटक बिवाद हुँदै आएको छ। तर परोहाका मेयर शेख वकिलको सुझबुझले नगरमा बजेट अथवा अन्य कुनै विषयमा जनप्रतिनिधिबीच कहिल्यै मनमुटाव समेत नभएको स्थानीयहरूले बताएका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकठ्याङ्ग्रिने चिसोः महोत्तरीका विद्यालय एक साताका लागि बन्द
पुष २४, २०८१ बुधबार
मधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु
पुष २३, २०८१ मंगलबार
रौतहटमा जंगली हात्तीको आतंक, दर्जन घरमा क्षती गरेपछि स्थानिय आतंकित
पुष २२, २०८१ सोमबार
बागमती खेलकुद परिषदमा थप ६ जना नियुक्त
पुष २५, २०८१ बिहिबार
जय ट्रफीः आर्मी र पुलिस बलियो अवस्थामा
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
'डार्क सर्कल'बाट पीडित हुनुहुन्छ ? उसो भए यो उपाय अपनाउनुहोस्
पुष २५, २०८१ बिहिबार
संसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्गको कास्की–बागलुङखण्डमा १९३ किलोमिटर कालोपत्र
पुष २५, २०८१ बिहिबार