राजश्व अनुसन्धान विभागद्वारा पोखरेलको गोदाममा छापा, सेटिङ गर्न शक्तिकेन्द्रमार्फत दवाव
नेपालबहस संवाददाता
पुस २६, २०८१ शुक्रबार १७:५१:२२
२६ पुस, काठमाडौं । ट्रान्सपोर्ट व्यवसायको आडमा लामो समयदेखि कपडा लगायतको सामग्रीको तस्करी गर्दै आएका बालकृष्ण पोखरेलको सानेपास्थित गोदाममा राजश्व अनुसन्धान विभागले छापामारी गरेको छ।
छापामारीको क्रममा बिलबिजक नभएका भारी परिमाणमा महंगा कपडाको गाँठ लगायतका सामग्री फेला परेको बताइएको छ।
नेपालका विभिन्न सीमावर्ती नाकाबाट तस्करी गरि भित्र्याइएका ती कपडाका गाँठहरू बालकृष्णको लगानीमा संचालित सुनौलो साझा नामक ट्रांसपोर्टमा भण्डारण गरि राखिएको अवस्थामा राजश्व अनुसन्धान विभागले फेला पारेपछि हिजो बिहीबार शिलबन्दी गरेको छ। आज शुक्रबार गोदामबाट सामानहरू हाल विभागमा ल्याइएको छ।
यसै बीच बरामद ती अवैध सामानहरूलाई वैध बनाउन बालकृष्णले राजश्व अनुसन्धान विभागमा शक्ति केन्द्रहरूबाट सेटिङ गर्न आर्थिक प्रलोभनको दवाव सिर्जना गर्न लगाइरहेको बुझिन आएको छ।
को हुन् बालकृष्ण पोखरेल ?
बालकृष्ण पोखरेल भन्सार भित्रबाट नै सेटिङमा तस्करी गर्ने माहिर ट्रान्सपोर्ट व्यवसायी हुन्। भन्सारमा पोखरेलले पवन यादव नाम गरेका व्यक्तिमार्फत सेटिङ गरि पाँच गाँठ कपडाको भन्सार तिरेर ३० गाँठ कपडा तस्करी गरि नेपाल भित्र्याउने गरेका छन्।
पोखरेलले वर्षैपिच्छे फरक फरक नामका ट्रान्सपोर्ट संचालन गर्ने, सो ट्रान्सपोर्टको मध्यमबाट करोडौंको कारोबार गरि राज्यको लाखौँ राजश्व चुहावट गर्ने र अर्को वर्ष अर्कै नामको ट्रान्सपोर्ट संचालन गरि राज्यको राजश्व चुहावट गरेर सानो समयमा अकूत सम्पत्ति जोडेको ट्रान्सपोर्ट व्यवसायीहरूबीच चर्चा हुने गरेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाँच महिनामा प्रहरीले संकलन गर्यो २ अर्ब २४ करोड बढी राजस्व
पुष २२, २०८१ सोमबार
भन्सारबाहिर वस्तु जाँचमा लाग्ने महशुलको थप ५० प्रतिशत धरौटीको व्यवस्था संशोधन गर्न माग
पुष १९, २०८१ शुक्रबार
पाँच महिनामा सात करोड बढी राजस्व संकलन
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
५ महिनामा एक सय २४ खर्ब तरलता प्रशोचन, बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
मुद्रास्फीति ६ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च
पुष २६, २०८१ शुक्रबार