न्यायपरिषदको सदस्यमा वरिष्ठ अधिवक्ता दामोदर खड्काको नाम सिफारिस
नेपालबहस संवाददाता
पुस २७, २०८१ शनिबार १७:३२:२५
२७ पुस, काठमाडौं । नेपाल बार एसोसिएसनले न्यायपरिषदको सदस्यमा वरिष्ठ अधिवक्ता दामोदर खड्काको नाम सिफारिस गरेको छ । शनिबार बसेको कार्यसमितिको बैठकले खड्काको नाम सिफारिस गरेको हो ।
भाेली आइतबार सिफारिससम्बन्धी विवरण खुलाइएको चिठी न्यायपरिषदमा पठाउने नेपाल बारले जनाएकाे छ । त्यसपछि न्यायपरिषदले बारको सिफारिस सहितको पत्र संसदीय सुनुवाइ समितिमा पठाउनेछ ।
न्यायपरिषदमा प्रधानन्यायाधीश, कानूनमन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशका साथै थप दुई जना सदस्यहरु नियुक्त हुन्छन् । ती दुईमध्ये एकजनाको नाम प्रधानमन्त्रीले सिफारिस गर्ने र अर्कोको नाम नेपाल बार एसोसिएसनले सिफारिस गर्ने संवैधानिक व्यवस्था छ ।
बारबाट सिफारिस भएका सदस्य रामप्रसाद श्रेष्ठले अवकाश पाएपछि एउटा सदस्य पद रिक्त थियो । संसदीय सुनुवाइबाट अनुमोदन भएपछि मात्रै सिफारिस भएका व्यक्तिको नियुक्ति हुन्छ । यी दुई सदस्यको पदावधि चार वर्षको हुन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवरिष्ठ अधिवक्ता त्रिपाठीविरुद्ध अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा रिट निवेदन दर्ता
माघ ११, २०८१ शुक्रबार
व्यक्ति ठगी मुद्दाका आरोपी अनिल पोखरेलसँग अदालतले माग्यो ५ लाख धरौटी
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार