दुई उत्तर कोरियाली सैनिकलाई पक्राउ गरेको युक्रेनको दावी
नेपालबहस संवाददाता
पुस २८, २०८१ आइतबार ९:२४:३१
२८ पुस, किभ । युक्रेनले दुई उत्तर कोरियाली सैनिकलाई पक्राउ गरेको छ । रुसको कुर्स्क ओब्लास्ट क्षेत्रबाट युक्रेनी सेनाले युद्धबन्दीको रूपमा दुई घाइते उत्तर कोरियाली सैनिकलाई पक्राउ गरेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जानकारी दिएका हुन । उनका अनुसार ती दुई सैनिकले आवश्यक चिकित्सा सहायता पाइरहेका छन् । हाल उनीहरू युक्रेनको सुरक्षा सेवा (एसबीयू) को हिरासतमा रहेका छन्।
राष्ट्रपति जेलेन्स्कीले उत्तर कोरियालीहरूलाई कब्जामा लिएकोमा युक्रेनी प्याराट्रूपर्स र विशेष अपरेशन फोर्सका सिपाहीहरूप्रति आफू कृतज्ञ रहेकोसमेत बताएका छन् । उनले भने, ‘यो सजिलो काम थिएन, रुस र उत्तर कोरियाली सैनिकहरूले सामान्यतया घाइते उत्तर कोरियालीहरूलाई मृत्युदण्ड दिने छन् ।’ उनका अनुसार युक्रेन विरुद्धको युद्धमा उत्तर कोरियाको संलग्नताको कुनै प्रमाण मेटाउनका लागि घाइते उनीहरूलाई मार्न सक्थे तर यो असफल भएको छ ।
जेलेन्स्कीले दुईजना घाइते पुरुषको तस्बिर पनि पोस्ट गरेका छन् तर उनीहरू उत्तर कोरियाली भएको भने अझै प्रमाण दिएका छैनन्। एउटा तस्बिरले मङ्गोलियाको सिमानामा रहेको रुसको टिभा क्षेत्रका २६ वर्षीय पुरुषलाई जारी गरेको रुसी सेनाको परिचयपत्र देखाइएको छ। यद्यपि, रुसले उत्तर कोरियाली लडाकुहरूलाई नक्कली परिचयपत्र दिएर लुकाइरहेको दावी गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपट्रम्पको शपथ ग्रहणमा भारतबाट विदेश मन्त्री एस जयशंकर जाने
पुष २८, २०८१ आइतबार
दिल्लीमा हल्का वर्षासँगै व्यापक चिसो
पुष २८, २०८१ आइतबार
पाकिस्तानमा २ करोड २० लाखभन्दा बढी बालबालिका विद्यालयबाट बाहिर
पुष २८, २०८१ आइतबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
ट्रम्पको शपथ ग्रहणमा भारतबाट विदेश मन्त्री एस जयशंकर जाने
पुष २८, २०८१ आइतबार
दुई भारतीयसहित तीन जना प्रहरी नियन्त्रणमा
पुष २८, २०८१ आइतबार
सरकार पक्षको मुद्दामा ३६.८७ प्रतिशत सफलता हासिल
पुष २८, २०८१ आइतबार
महोत्सवमा धामीझाँक्री कौशल प्रदर्शन
पुष २८, २०८१ आइतबार
भीड तथा दङ्गा नियन्त्रण अभ्यास प्रदर्शन
पुष २८, २०८१ आइतबार
यसवर्ष महोत्तरीमा धान उत्पादन बढ्यो
पुष २८, २०८१ आइतबार