शाहरुख जब स्टार थिएनन्, उनको फ्लाटमा चट्टाइमा घन्टौं गफिन्थ्यौंः मनिषा कोइराला
नेपालबहस संवाददाता
पुस २८, २०८१ आइतबार ११:५७:५६
२८ पुस, मुम्बई । मनिषा कोइरालाले ९० को दशकमा फिल्मी पर्दामा हलचल मच्चाएकी थिइन्, उनको आकर्षण आज पनि उत्तिकै कायमै छ ।
हालैको एक अन्तर्वार्तामा मनिषा कोइरालाले शाहरुख खान र आफ्नो सुरुवाती दिनको बारेमा खुलेर कुरा गरेकी छिन् । मनिषाले भनिन्, ‘जब शाहरुख स्टार बनेका थिएनन् र माउन्ट मेरी अपार्टमेन्टमा बस्थे, त्यो बेला कस्तो वातावरण थियो त रु’ उनले सो कुरा बताएकी छिन् ।
मनिषा कोइरालाले सन् १९९८ मा शाहरुखसँग फिल्म ‘दिल से’ मा काम गरेकी थिइन् । शाहरुखसँगको आफ्नो सम्बन्धबारे ‘पिंकभिल्ला’सँग कुरा गर्दै मनिषाले दुवै जना फिल्ममा नयाँ हुँदाको बखतमा आफूले उनीसँग पहिलोपटक भेट भएको बताइन् । मनिषाका अनुसार उनी शाहरुख र गौरीसँग मात्रै ह्याङ्ग आउट गर्थिन्, शाहरुख त्यतिबेला माउन्ट मेरी अपार्टमेन्टमा बस्न गर्दथे।
मनिषा कोइरालाले भनिन्, ‘शाहरुख मेरो फिल्म करिअरको सुरूवाती देखिको साथी हुन् । मेरो सबै सामान लिएर उनको माउन्ट मेरी अपार्टमेन्टमा गएको याद छ, उनको फ्ल्याटको भुइँमा चटाई बिछ्याइएको थियो । हामी सबै त्यसमा बसेर गफ गर्थ्यौं ।’ मनिषाले यो पनि बताइन् कि शाहरुख नै पहिलो ब्यक्ति थिए, जसले मनिषालाई आफ्नै घर किन्न सल्लाह दिएका थिए। अभिनेत्रीका अनुसार उनलाई यो सल्लाह दिने पहिलो व्यक्ति शाहरुख हुन ।
प्रोफेशनल फ्रन्टको कुरा गर्दा मनिषा कोइराला सन् २०२४ मा सञ्जय लीला भन्सालीको सिरिज ‘हिरामाण्डीः द डायमण्ड बजार’ मा देखिएकी थिइन् । अब उनी यसको दोस्रो सिजनमा पनि देखिने छिन्, जसको छायांकन छिट्टै सुरु हुँदैछ । शाहरुख खान भने अभिषेक बच्चनसँगै छोरी सुहानाको मुख्य भूमिका रहेको ‘किंग’मा व्यस्त रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअल्लु अर्जुनको विदेश भ्रमण प्रतिबन्ध फुकुवा, हरेक आइतबार प्रहरी चौकी जानु नपर्ने
पुष २८, २०८१ आइतबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
कंगनाले दिइन प्रियंका गान्धीलाई ‘इमर्जेन्सी’ हेर्ने निम्तो
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
काठमाडौं अदालतमा रवि लामिछानेको बयान सकियो, अब थुनछेक बहस सुरू हुने
पुष २८, २०८१ आइतबार
गोरखानाथ मन्दिरसम्म ‘खिचडी यात्रा’ मा सहभागी टोली
पुष २८, २०८१ आइतबार
च्याम्पियन ट्रफिका लागि न्युजिल्यान्डको टिम घोषणा, सुरुवाती खेल पाकिस्तानसँग
पुष २८, २०८१ आइतबार
सुरक्षा पन्तको चलचित्र ‘खेल’ वैशाख १२ मा रिलिज हुने, अफिसियल पोस्टर सार्वजनिक
पुष २८, २०८१ आइतबार