हनी सिंहको कन्सर्टको टिकट १० मिनेट मै सबै बिक्री
नेपालबहस संवाददाता
पुस २८, २०८१ आइतबार १२:०:२५
२८ पुस, मुम्बई । सन् २०२४ मा भारतमा धेरै कन्सर्टहरू भएका थिए, जसमध्ये सबैभन्दा लोकप्रिय पञ्जाबी गायक दिलजीत दोसांझको ‘डिलुमिनाटी इन्डिया टुर’ बढी चर्चामा रहन गयो । दिलजीत पछि करण औजला, एपी ढिल्लनजस्ता धेरै कलाकारहरु देशभर घुम्न पुगेका थिए । अब यसैमा एउटा विशेष नाम थपिएको छ, यो यो हनी सिंहको ।
गायक तथा र्यापर हनी सिंह निकै चर्चित नाम हुन्, उनी लामो समयदेखि गायब थिए तर अहिले उनले बलियो कमब्याक गरिरहेका छन् । हनी सिंह छिट्टै भारत भ्रमणमा निस्कदैछन् । हालै उनले सामाजिक सञ्जाल पोष्टमार्फत आफू भारत भ्रमणमा निस्कन लागेको बताएका छन् ।
हनी सिंहले फेब्रुअरीदेखि आफ्नो ‘मिलियनेयर टुर’ सुरु गर्ने जनाएका थिए । जसअनुसार उनले भारतका १० सहरमा आफ्नो प्रस्तुति दिनेछन् । यस कन्सर्टको टिकटहरू जनवरी ११ बाट विक्रीका लागि खोलिएको थियो । तर, इन्डिया टुडेका अनुसार सबै टिकटहरू १० मिनेटमा बिक्री हुन पुगेर नयाँ रेकर्ड कायम गरेको छ। इन्डिया टुडेका अनुसार जोमाटोको डिस्ट्रिक्ट एप मार्फत शोको टिकट बिक्री गरिएको थियो । जसमा दर्शकको माग बढ्दै गएपछि मूल्य बढाइएको थियो । १ हजार ४ सय ९९ रुपैयाँको टिकट दरलाई बढाएर २ हजार ५ सय रुपैयाँ र ६ हजार ५ सय रुपैयाँको टिकटको मूल्य ८ हजार ५ सय रुपैयाँ कायम गरिएको थियो तर पनि सबै टिकट एकैछिनमा बिक्री भयो ।
हनी सिंहको भ्रमणको पहिलो गन्तव्य मुम्बई हुनेछ। यसपछि उनीहरू अन्य सहरमा जानेछन् । २२ फेब्रुअरी बाट सुरु हुने ‘द मिलियनेयर टुर’ अप्रिल ५ सम्म चल्ने र्यापर आफैले आफ्नो आधिकारिक सोसल मिडिया एकाउन्टमार्फत जानकारी दिएका छन्।
हनी सिंहको भ्रमणका सहरहरूको बारेमा कुरा गर्दा २२ फेब्रुअरीमा मुम्बईबाट सुरु हुनेछ, त्यसपछि गायक २८ फेब्रुअरीमा लखनउमा हुनेछन्। हनी सिंहले मार्च १ मा आफ्नो शहर दिल्लीमा प्रदर्शन गर्नेछन्, त्यसपछि मात्रै उनी इन्दौर जानेछन्, जहाँ उनको शो ८ मार्चमा हुन लागेको छ । थप शोहरू भने मार्च ४ मा पुणे, मार्च १५ मा अहमदाबाद, मार्च २२ मा बेंगलुरु, २३ मार्च चंडीगढ़ र २९ मार्चमा जयपुरमा प्रदर्शन गर्नेछन्।
अन्तिम दिनमा भने उनको कन्सर्ट कोलकातामा समाप्त हुनेछ, जुन अप्रिल ५ मा हुन लागेको छ । टूरको घोषणासँगै हनी सिंहले कथा पनि सेयर गरेका छन्, जसमा उनले लेखेका छन्, ‘शान्त हुनु कुनै पनि आवाजको अन्त्य होइन, यो यसको सुरुवात हो। यो त्यो ठाउँ हो, जहाँ जीवन आफै सुन्न रोकिन्छ। त्यसैले म धेरै वर्ष चुपचाप बसेँ । अब तपाईले मलाई जताततै सुन्नुहुनेछ, हरहर महादेव।’
यो भ्रमण हनी सिंहको पहिलो भारत भ्रमण हो। हालै हनी सिंहको डकुमेन्ट्री पनि रिलिज भएको थियो, जसको नाम ‘हनी सिंहः फेमस’ थियो, जुन नेटफ्लिक्समा रिलिज भएको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपके स्मारिका र शिव कैलाश प्रेममा छन् ?
माघ ११, २०८१ शुक्रबार
गायक सुशान्त केसी भक्तपुरको ग्राउन्डमा गुञ्जिने पक्का !
माघ ७, २०८१ सोमबार
नायिका प्रीयन्का कार्कीको ग्लामर पोज 'तस्बिरहरु'
पुष २४, २०८१ बुधबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
सुप्रिम सहकारी ठगी प्रकरणः रूपन्देही अदलतमा लामिछाने पक्षका वकिलबाट सुरु भयो बहस
माघ १३, २०८१ आइतबार
वीरगञ्ज नाकाबाट हुने निर्यात बढ्यो, ६ महिनामा २९ अर्ब २७ करोडमाथिका बस्तु निकासी
माघ १३, २०८१ आइतबार
नेपाल–चीन सुरक्षाकर्मीद्वारा सीमा क्षेत्रमा संयुक्त अनुगमन
माघ १३, २०८१ आइतबार
म्याग्दीमा रु ३३ करोड ४६ लाखको सुन्तला बिक्री
माघ १३, २०८१ आइतबार
यस्तो छ आजको तरकारी र फलफूलको मूल्य
माघ १३, २०८१ आइतबार