पाकिस्तानमा बस एक आपसमा ठोकिँदा १० को मृत्यु, १६ जना घाइते
नेपालबहस संवाददाता
पुस २८, २०८१ आइतबार १२:२:४५
२८ पुस, लाहौर । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा बस र अर्को सवारीसाधन एक आपसमा ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने अन्य १६ जना घाइते भएका छन् ।
सिन्धु राजमार्गमा करक जिल्लाको अम्बरी कल्ले चोकमा गाडी र बस ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । तीन जनाको घटनास्थलमै र सात जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको स्रोतले जनाएको छ ।
सिन्धु राजमार्गमा करक जिल्लाको अम्बरी कल्ले चोकमा गाडी र बस ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको अस्पतालले जनाएको छ । जबकि अन्य सात जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाएको छ । दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी र उद्धारकर्मी घटनास्थलमा पुगेर घाइतेहरूलाई अस्पताल पुर्याएका थिए।
प्रहरी र उद्धारकर्मीले घटनास्थलमा पुगेर घाइतेलाई अस्पताल पुर्याएका छन् । खैबर पख्तुनख्वाका मुख्यमन्त्री अली अमीन गण्डापुरले दुर्घटनामा १० यात्रुको मृत्युप्रति दुःख व्यक्त गरेका छन् । उनले दुर्घटनामा घाइते भएका यात्रुलाई आवश्यक सबै स्वास्थ्य सुविधा उपलब्ध गराउन निर्देशन दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीनले ब्रह्मपुत्र नदीमा बाँध बनाएपछि बंगलादेशमा विनाशको जोखिम तीन गुणा बढ्दै
पुष २८, २०८१ आइतबार
दिल्लीमा हल्का वर्षासँगै व्यापक चिसो
पुष २८, २०८१ आइतबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
पाँच वर्षमा १ खर्ब ७ अर्ब ६६ करोड २७ लाख ८९ हजार कृषि अनुदानमा खर्च
पुष २८, २०८१ आइतबार
काठमाडौं अदालतमा रवि लामिछानेको बयान सकियो, अब थुनछेक बहस सुरू हुने
पुष २८, २०८१ आइतबार
गोरखानाथ मन्दिरसम्म ‘खिचडी यात्रा’ मा सहभागी टोली
पुष २८, २०८१ आइतबार
च्याम्पियन ट्रफिका लागि न्युजिल्यान्डको टिम घोषणा, सुरुवाती खेल पाकिस्तानसँग
पुष २८, २०८१ आइतबार