अल्लु अर्जुनको विदेश भ्रमण प्रतिबन्ध फुकुवा, हरेक आइतबार प्रहरी चौकी जानु नपर्ने
नेपालबहस संवाददाता
पुस २८, २०८१ आइतबार १२:८:१५
२८ पुस, हैदरावाद । नामपल्ली अदालतले ‘पुष्पा २’ भागदौड मामिलामा अल्लु अर्जुनलाई धेरै छुट दिएको छ । तेलुगु सुपर स्टारका फ्यानको मृत्युलाई लिएर समस्याको अन्त्य हुने कुनै संकेत नदेखिने जनाइरहेको बेला अल्लु अर्जुनलाई धेरै राहत हुने गरी अदालतले छुट दिएको छ ।
उनलाई गत महिना पनि पक्राउ गरिएको थियो तर पछि उनले जमानत पाएका थिए । अहिले अदालतले अभिनेतालाई धेरै छुट दिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
शनिबार ‘पुष्पा २’का कलाकारले हरेक आइतवार चिक्कडपल्ली प्रहरी चौकीमा जानु नपर्ने खबर आएको छ । जसअनुसार अब अदालतले अभिनेतालाई हरेक आइतवार प्रहरी चौकीमा हाजिर हुनु पर्ने भन्ने यसअघिको आदेश अहिले खारेज भएको छ । अल्लु अर्जुनको कानुनी टोलीले सुरक्षाको कारण देखाएर यो छुट दिएको हो । साथै, अब अल्लु अर्जुनलाई विदेश भ्रमणको पूर्ण स्वतन्त्रता मिलेको छ ।
उल्लेखनीय छ, ‘पुष्पा २’ को प्रिमियरको क्रममा भागदौडमा एक महिलाको मृत्यु भएपछि अल्लु अर्जुनविरुद्ध कानुनी कारबाही चलिरहेको छ । प्रिमियर शोमा अल्लु अर्जुन कारबाट बाहिर निस्कनेबित्तिकै भीड नियन्त्रणबाहिर गयो । जुन घटनामा एक महिलाको मृत्यु भएको छ भने छोरा गम्भीर रूपमा घाइते हुन पुगेका थिए । ती बालकको अहिले पनि अस्पतालमा उपचार भइरहेको छ ।
अल्लु अर्जुनका वकिलले सुरक्षाको कारण देखाउँदै अभिनेताका लागि अदालतमा छुट मागेका थिए, अब अदालतले यो अपिलको सुनुवाइ गरेको उनीहरूले जनाएका छन । जसकाकारण अब अल्लु अर्जुन हरेक आइतबार प्रहरी चौकीमा हाजिर हुनुपर्ने छैन । यति मात्र होइन, उनको विदेश भ्रमणमा लगाइएको प्रतिबन्ध पनि हटाइएको छ ।
यो राहत अर्जुनको लागि ठूलो टर्निङ प्वाइन्ट हो, किनकि उसले प्रहरीसमक्ष आफ्नो उपस्थिति दर्ता गरिसकेको थियो। गत १३ डिसेम्बरमा अल्लु अर्जुनलाई उनको जुबली हिल्सको घरबाट प्रहरीले पक्राउ गरिएको थियो । नामपल्ली अदालतले पनि उनलाई १४ दिन हिरासतमा लिएपछि उच्च अदालतले ४ साताको अन्तरिम जमानत दिएको थियो । १४ डिसेम्बरमा चञ्चलगुडा केन्द्रीय कारागारबाट रिहा भएपछि अभिनेताले ३ जनवरीमा नामपल्ली अदालतबाट दुई पटक ५०–५० हजार रुपैयाँ धरौटीमा नियमित जमानत पाएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमोटोपना घटाएर कसरी फिट रहने ? करिना कपुरको फिटनेस कोचको कुरा सुन्नुहोस्
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
अभिनेत्री ममता कुलकर्णी बनिन महामण्डेलश्वर
माघ १२, २०८१ शनिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
नेपाल–चीन सुरक्षाकर्मीद्वारा सीमा क्षेत्रमा संयुक्त अनुगमन
माघ १३, २०८१ आइतबार
म्याग्दीमा रु ३३ करोड ४६ लाखको सुन्तला बिक्री
माघ १३, २०८१ आइतबार
यस्तो छ आजको तरकारी र फलफूलको मूल्य
माघ १३, २०८१ आइतबार
सरस्वती पूजाका लागि धमाधम मूर्ति बनाउँदै
माघ १३, २०८१ आइतबार
पाथीभरा क्षेत्रमा प्रहरी र आन्दोलनकारीबीच झडप, चार घाइते
माघ १३, २०८१ आइतबार