दुई तिहाईको सरकारले अध्यादेश होईन, संसदबाट विधेयक ल्याउनुपर्छ : नेता एनपी साउद
नेपालबहस संवाददाता
पुस २८, २०८१ आइतबार १२:२५:१५
♦ चन्द्रकान्त खनाल
२८ पुस, रुपन्देही । नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको दुई तिहाइ बहुमतको सरकारले अध्यादेशमार्फत कानुन बनाउनु सकारात्मक पक्ष नभएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य एनपी साउदले बताएका छन् ।
बहुमत हुँदा पनि संसद बैठक नचलाएर बन्धक बनाउन खोज्दै अध्यादेशमार्फत कानुन बनाउँदा चौतर्फी प्रश्न उठेको बताउँदै नेता साउदले अनिवार्य संसद सञ्चालन गरि विधेयक मार्फत आउन सरकारलाई सुझाव दिए।
रिपोर्टर्स क्लब नेपाल, लुम्बिनी प्रदेश कार्यालय बुटवलले आयोजना गरेको साक्षात्कारमा बोल्दै कांग्रेस केन्द्रीय सदस्य साउदले संसद छलेर अध्यादेशमार्फत गएका कुराहरूले स्थायित्व दिन नसक्ने बताए। उनले अध्यादेशमार्फत ल्याइएका विषयवस्तुमा विपक्ष दलको पनि समर्थन हुने खालका विषय भएपनि संसदमा नलैजाँदा प्रश्न उठेको तर्क गरे ।
पूर्वमन्त्री समेत रहेका साउदले भने, ‘संसदलाई लामो समयसम्म बन्धक बनाउँदै अध्यादेशमार्फत अहिलेको सरकारले बिभिन्न ऐनहरु निर्माण बनाइरहेको छ, जुन संविधानसंवद् छैन् । यसको विषयमा चौतर्फी विरोध भइरहेका छन् । यसले राम्रो सन्देश गइरहेको छैन । ’
उनले केपी शर्मा ओली नेतृत्वको सरकारलाई नेपाली कांग्रेस पार्टीले साथ दिएको बताउँदै सरकारले तदनुसारका क्रियाकलापहरु नगरेको गुनासो गरे । उनले दुई दल बीचको न्यूनतम् साझा सहमति कार्यान्वयन नभएको गुनासो आइरहेको भन्दै पूर्ण पालना गर्न सुझाब दिए ।
पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका नेता साउदले संविधानलाई उन्नत बनाउने विषयमा राष्ट्रिय सहमति कायम गरेर परिणाम आउने गरी काम गर्नुपर्नेमा जोड दिए । ‘अब यसलाई कसरी उन्नत बनाउने भन्ने विषयमा गहन छलफल गरी राष्ट्रिय सहमति कायम गरेर परिणाम आउने गरी काम गर्नुपर्दछ,’ उनले भने ।
उहाले संविधान संशोधन सम्बन्धी सञ्चारकर्मीको प्रश्नमा अब संविधान सबैले सर्व स्वीकार्य हुने र अपनत्व गर्ने गरि संशोधन गर्ने बेला आएको जवाफ दिए । उनले स्थिरताको तत्व संविधानमा जोडिनुपर्ने बताउँदै संविधानमा स्थायित्वको तत्व समावेश हुन सक्दैन भने संवैधानिक प्रबन्ध उचित नहुने तर्क गरे ।
उनले भने, ‘हरेक १० वर्षमा संविधानका कुराहरू परिवर्तन गर्नु आवश्यक छ । संविधान संशोधन परिमार्जनको कुरा सर्व स्वीकृत बनाउनु पर्छ । राज्य व्यवस्थालाई जनताको स्पष्ट पहुँच भएको संयन्त्रको रुपमा अगाडि बढाउनु पर्छ । यो अभिष्ट(उदेश्य) नेपाली कांग्रेसको हो ।’
ठूला दलहरू मिलेर सरकार गठन हुँदासमेत स्थिरताको ग्यारेन्टी गर्न नसकिएको भन्दै नेता साउदले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना अभिव्यक्तिमा संवेदनशील हुनुपर्नेमा जोड दिए । ‘सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी ओलीले आफ्ना अभिव्यक्तिमा संवेदनशील हुन जरुरी छ,’ साउदले भने, ‘सहमति विपरीतका अभिव्यक्तिले गठबन्धनको जगलाई असर गर्न सक्छ । ’
रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता तथा आचार्य प्रदीपको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका संसदीय दलका प्रमुख सचेतकमा नियुक्त जमुना ढकाललाई सम्मान समेत गरिएको थियो । ढकाललाई नेता साउद सहितका नेताले सम्मान गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु डा. डिला संग्रौला, अब्दुल सतार, चम्पा खड्का, गंगा शाही, नेपाली कांग्रेस लुम्बिनी प्रदेशका निवर्तमान सचेतक निर्मला क्षेत्री, नेपाली कांग्रेस रुपन्देही कोषाध्यक्ष हरि प्रसाद अर्याल लगायतको उपस्थिति रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकार पक्षको मुद्दामा ३६.८७ प्रतिशत सफलता हासिल
पुष २८, २०८१ आइतबार
राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस
पुष २८, २०८१ आइतबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
काठमाडौं अदालतमा रवि लामिछानेको बयान सकियो
पुष २८, २०८१ आइतबार
दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन पहिलो महाभियोग सुनुवाइमा उपस्थित नहुने
पुष २८, २०८१ आइतबार
च्याम्पियन ट्रफिका लागि न्युजिल्यान्डको टिम घोषणा, सुरुवाती खेल पाकिस्तानसँग
पुष २८, २०८१ आइतबार
सुरक्षा पन्तको चलचित्र ‘खेल’ वैशाख १२ मा रिलिज हुने, अफिसियल पोस्टर सार्वजनिक
पुष २८, २०८१ आइतबार
चीनले ब्रह्मपुत्र नदीमा बाँध बनाएपछि बंगलादेशमा विनाशको जोखिम तीन गुणा बढ्दै
पुष २८, २०८१ आइतबार