माघेसंक्रान्ति मेलाको तयारी अन्तिम चरणमा
नेपालबहस संवाददाता
पुस २८, २०८१ आइतबार १३:१:४५
२८ पुस, चितवन । पवित्र तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्ति मेलाको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । माघे सङ्क्रान्तिदेखि एक महिनासम्म लाग्ने मकर मेलाको तयारी अन्तिम चरणमा पुगेको हो ।
सङ्क्रान्तिको अघिल्लो दिनदेखि माघ महिनाभर मेला लाग्ने भएकाले विगतका वर्षहरूको तुलनामा यस वर्ष भक्तजन बढी आउने अनुमान गरिएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ ।
समितिका अध्यक्ष भीमबहादुर रानाको अध्यक्षतमा एक सय ५१ सदस्यीय मेला व्यवस्थापन मूल समारोह समिति गठन गरी माघेसंक्रान्तिको तयारी गरिएको हो । उनका अनुसार मेलालाई व्यवस्थित गर्न २२ वटा उपसमिति गठन गरी काम गरिएको हो ।
विकास समितिका कार्यकारी निर्देशक सदन बरालले सङ्क्रान्तिको दिन पाँच लाख भक्तजन आउने अनुमान गरी सोहीअनुसार तयारी गरिएको जानकारी दिए । माघलाई पवित्र महिना मानिने हुँदा यो अवधिभर महामहोत्सव लाग्ने बताउँदै उनले करिब आठ लाख भक्तजन आउने अनुमान गरिएको उल्लेख गरे ।
डुङ्गाको शुल्क निर्धारण, चितवन र देवघाट जोड्ने झोलुङ्गे पुल मर्मत, अस्थायी शौचालय निर्माणलगायत काम सकिएको समितिका अध्यक्ष राना बताए । “नदीमा स्नान गर्नेका लागि रेखाङ्कन भइरहेको छ । माघेसंक्रान्तिका दिन स्नान गर्न पाँच लाख भक्तजन आउने अनुमान गरेका छौँ”, उनले भने ।
गोसाइँकुण्डबाट आएको त्रिशूली र मुक्तिनाथबाट आएको कालीगण्डकी दोभान देवघाटमा माघेसङ्क्रान्तिका दिन नुहाउँदा धार्मिक फल प्राप्त हुने विश्वास रहेकाले उक्त दिन भक्तजनको घुइँचो लाग्ने समितिले जनाएको छ । मुलुकका विभिन्न जिल्लाका साथै भारतका हिन्दू धर्मावलम्बीहरू पनि यस दिनमा स्नान गर्न देवघाट आउने गर्दछन् । माघेसंक्रान्तिमा देवताहरू पनि नुहाउन, तीर्थ गर्न देवघाट आउने धार्मिक कथन रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेवघाट महामहोत्सवबाट भक्तजनको मन जितेर फर्किइन् देवी प्रतिभा
माघ ११, २०८१ शुक्रबार
पाथीभरामा साउनदेखि पुससम्म एक करोड ३० लाख भेटी सङ्कलन
माघ ९, २०८१ बुधबार
चिनियाँ नयाँ वर्षको अवसरमा ठमेलमा चिनियाँ सांस्कृतिक कार्यक्रम
माघ ६, २०८१ आइतबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
अर्थमन्त्री भन्छन, लक्ष्यअनुसार राजश्व उठाउन मुस्किल
माघ १३, २०८१ आइतबार
वीरेन्द्रनगरको तल्लो भाग घुस्रा आसपास क्षेत्र
माघ १३, २०८१ आइतबार
नेपाल निजामती कर्मचारी संगठन मोरङ अध्यक्षमा शालिगराम कोइराला निर्वाचित
माघ १३, २०८१ आइतबार
टिप्परको ठक्करबाट एकको मृत्यु
माघ १३, २०८१ आइतबार
डुडुल चैत्य स्तूपा आन्तरिक पर्यटनको रोजाइमा
माघ १३, २०८१ आइतबार