सरकार पक्षको मुद्दामा ३६.८७ प्रतिशत सफलता हासिल
नेपालबहस संवाददाता
पुस २८, २०८१ आइतबार १३:५०:१३
२८ पुस, काठमाडौं । अदालतमा पेश भएका मुद्दा मध्ये सरकारी पक्षको सफलता ३६ दशमलव ८४ प्रतिशत रहेको देखिएको छ ।
महान्यायाधिवक्ता रमेश बडालले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेको वार्षिक प्रतिवेदनमा उक्त तथ्यांक देखाएको हो ।
आइतबार शितलनिवासस्थित राष्ट्रपति भवन पुगेर आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् । राष्ट्रपति कार्यालयका अनुसार महान्यायधिबक्ता बडालले नेपालको संविधानको धारा १५९ बमोजिम प्रतिवेदन पेस गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
सो अवसरमा महान्यायाधिवक्ता बडालले महान्यायाधिवक्ताको कार्यालयबाट सर्वोच्च अदालतमा बहस र पैरवी तथा प्रतिरक्षा गरिएका मुद्दा, रिट तथा निवेदनहरुको लगत संख्या १४ हजार ७ सय १० रहेकामा ३ हजार ७ सय फर्छयौट भएको जानकारी गराएका थिए । फर्स्यौट भएका मुद्दामा सरकारी पक्षको सफलता ३६ दशमलव ८४ प्रतिशत रहेको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
भारतको क्रिकेट अब असामका देवजित सौकियाले हाँक्ने
पुष २८, २०८१ आइतबार
पाँच वर्षमा १ खर्ब ७ अर्ब ६६ करोड २७ लाख ८९ हजार कृषि अनुदानमा खर्च
पुष २८, २०८१ आइतबार
काठमाडौं अदालतमा रवि लामिछानेको बयान सकियो, अब थुनछेक बहस सुरू हुने
पुष २८, २०८१ आइतबार
गोरखानाथ मन्दिरसम्म ‘खिचडी यात्रा’ मा सहभागी टोली
पुष २८, २०८१ आइतबार