दुई भारतीयसहित तीन जना प्रहरी नियन्त्रणमा
नेपालबहस संवाददाता
पुस २८, २०८१ आइतबार १३:५५:७
२८ पुस, मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले अफिम, चरेस र गाँजासहित तीन जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार उनीहरू सवार दुई वटा भारतीय कारलाई पनि नियन्त्रणमा लिइएको छ ।
गएराति करिब २ बजे आसपासमा थाहा नगरपालिका–११ टिस्टुङ नौखनडेस्थित त्रिभुवनराजपथमा इलाका प्रहरी कार्यालयले भारतीय नम्बर प्लेट डिएल ८ सिएक्स १२२४ को कार जाँचका क्रममा २१ केजी चार सय ६० ग्राम चरेस, तीन केजी चार सय ७० ग्राम अफिमसहित कारमा सवार भारतीय हरियाणा राज्री जिल्ला हिसार गोविन्दनगर बस्ने २५ वर्षीय कुनाल गोथ्वाल र सोही ठाउँका २० वर्षीय मनिष कुमारलाई नियन्त्रणमा लिइएको जनाइएको छ ।
साथै आज बिहान ५ः३० बजे हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोस्टमा चितवनबाट वीरगञ्ज जाँदै गरेको भारतीय नम्बर प्लेट डिएल १३ सी १५६१ को कार जाँच गर्दा एक सय एक केजी गाजासहित पर्सा वीरगञ्ज महानगरपालिका–२६ अठराह सुगौलीका २० वर्षीय राजन राउत कुर्मीलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ । पक्राउ परेकाहरु उपर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभरुवा बन्दुकसहित ६ जना जना पक्राउ
पुष २८, २०८१ आइतबार
लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
पुष २८, २०८१ आइतबार
युके पठाइ दिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पाटे बाघको आक्रमणमा परी बर्दियामा महिलाको मृत्यु
पुष २८, २०८१ आइतबार
नाम्दो गाउँ
पुष २८, २०८१ आइतबार
हप्ताको पहिलो दिन नेप्से २५ अङ्कले घट्दा कारोबार तीन अर्ब ९९ करोडमै खुम्चियो
पुष २८, २०८१ आइतबार
भारतको क्रिकेट अब असामका देवजित सौकियाले हाँक्ने
पुष २८, २०८१ आइतबार
पाँच वर्षमा १ खर्ब ७ अर्ब ६६ करोड २७ लाख ८९ हजार कृषि अनुदानमा खर्च
पुष २८, २०८१ आइतबार