सुरक्षा पन्तको चलचित्र ‘खेल’ वैशाख १२ मा रिलिज हुने, अफिसियल पोस्टर सार्वजनिक
नेपालबहस संवाददाता
पुस २८, २०८१ आइतबार १४:२५:३०
२८ पुस, काठमाडौं । अभिनेत्री सुरक्षा पन्तको प्रमुख अभिनय रहेको नेपाली चलचित्र ‘खेल’को रिलिज मिति तय गरी अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । यो चलचित्र २०८२ सालको वैशाख १२ गते रिलिज हुने घोषणा गरिएको छ । चलचित्रमा पन्तसँगै हेना नगरकोटी, मोनिका थापा, समापिका गौतम, र निकिता आचार्यको प्रमुख अभिनय छ ।
यस चलचित्रलाई बलिउडका दर्जन बढी चलचित्रमा सह निर्देशन गरेका अनुराग प्रधान र नेपालमा लामो समयदेखि सह निर्देशकको रूपमा कार्यरत आस्था श्रेष्ठले संयुक्त निर्देशन गरेका छन् । यसमा भोला राज सापकोटा, मिथिला शर्मा, सरिता गिरी, किरण श्रेष्ठ, सुहानी खड्का, भवन घिमिरे, सुजन घिमिरे लगायतको पनि अभिनय रहेको छ ।
रोयल भीमसेनले डिजाइन गरेको ‘खेल’को पोस्टरमा रहस्य र थ्रिलरले भरिएको विद्यालय जीवनका किशोरीको कथा प्रस्तुत गर्ने सशक्त दृश्यात्मक झल्को दिन्छ । अभिनेत्री सुरक्षा पन्त पोस्टरको केन्द्रमा छन्, जसले उनको चरित्रको महत्त्वलाई सङ्केत गर्दछ । पोस्टरको पृष्ठभूमिमा देखिएको पाँच कोणीय तारा र अन्धकार वातावरणले चलचित्र रहस्य, डर, वा थ्रिलर विधासँग सम्बन्धित रहेको देखाउँछ । पोस्टरको माथि पट्टी ‘Been 6 years, still missing’ लेखाइले कुनै हराएको व्यक्तिको कथा वा अनुसन्धानको कथा समेटिएको अनुमान गर्न सकिन्छ । कलाकारको हातमा देखिने गितारले पात्रको रुचि र पोस्टरको पीँधमा देखिएको पुरानो बस भित्रबाट आइरहेको प्रकाशले थप रहस्य थपेको आभास हुन्छ । चलचित्रको शीर्षकमा प्रयोग भएका नेपाली अक्षर र रातो रङ्गको उपयोगले शीर्षकको गम्भीरता र रहस्य देखिएको छ ।
नेपालको लोककथा, परम्परा र अध्यात्मलाई थ्रिलर र सस्पेन्स माहौलसँग जोडिएको कथा रहेको यो चलचित्रमा चार जना साथीहरूको कथा रहेको छ, जसलाई आफ्नै विगतको एक भयानक घटनाले पछ्याइरहेको हुन्छ । उनीहरूले डरलाग्दा र अलौकिक घटनाहरूको सामना गर्नुपरेको हुन्छ । यसमा कुनै पनि खेललाई निष्ठापूर्वक नखेल्दा हाम्रो जीवनमा कस्तो हानी हुन्छ भन्ने दर्साउन खोजिएको छ ।
अभिनेत्री सुरक्षा पन्तले गुणस्तरीय चलचित्रमा काम गर्न पाउँदा खुसी रहेको जनाइन् । उनले चलचित्रको कथाबारे भनिन्, 'अध्ययनको लागि काठमाडौँको होस्टेलमा बस्ने साथीहरूले अध्यात्ममा आधारित खेल खेल्दै गर्दा वास्तविक जीवनमा हानी पुगेपछि त्यसबाट उम्किनलाई पुनः खेल्ने खेल कथा हो । चार जना केटी साथीहरूको टिमको प्रमुखको रूपमा मैले काम गर्दै छु ।”
निर्माता लुइसराज महर्जनले विश्वका ठूला चलचित्र उद्योगहरूसँग प्रतिस्पर्धामा आउन सक्ने प्रविधिमा यो चलचित्र तयार गरिएको बताए । यसको लागि नेपालमा उपलब्ध नभएका क्यामेरा लेन्ससहित केही छायाङ्कन सामग्रीहरू भारतबाट ल्याइएको उनले जनाए ।
सिरुपाते कट्स प्रालिले निर्माण गरेको चलचित्रका कार्यकारी निर्माता लुइसराज महर्जन हुन् भने निर्माता आशिषराज महर्जन भने सह निर्माताहरू कुनालराज गुरुङ र रहिशराज महर्जन हुन् ।
चलचित्रको कथा आशिषराज महर्जनले तयार पारेका हुन् । पटकथा अभितेन्द्र र अनुराग प्रधानले लेखेका छन् भने संवाद विष्णु गैरेले लेखेका छन् । छायाङ्कन रोशन राई र सञ्जय लामाले गरेका छन् । सम्पादन आशिषराज महर्जनले गरेका छन्, र ध्वनि डिजाइन विकल प्रधानको रहेको छ । रङ्ग संयोजन राजेन्द्र मोक्तानको, प्रोडक्सन डिजाइन किशोर नेपालको, कस्ट्युम डिजाइन एलेक्स बसुकलाको, मेकअप दिपु पौडेलको रहेको छ । प्रोडक्सन म्यानेजरको जिम्मेवारी यमप्रसाद ओलीले सम्हालेका छन् । चलचित्रको वितरण डिसिएनले गर्नेछ भने पब्लिसिटी डिजाइन ट्राइडेन्ट कन्सेप्टले गर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक सपूत
पुष २८, २०८१ आइतबार
हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को ट्रेलर सार्वजनिक
पुष २३, २०८१ मंगलबार
लघु चलचित्र ‘एक जोर जुत्ता’ निर्माण, विद्यार्थीहरुको लागि प्रदर्शन गरिने
पुष २३, २०८१ मंगलबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
रवि लामिछानेलाई अदालतबाट लगियो प्रहरी हिरासतमा
पुष २८, २०८१ आइतबार
महान्यायाविक्ता कार्यालयः गत आवमा ६८ दशमलव २७ प्रतिशत मुद्दामा सफलता
पुष २८, २०८१ आइतबार
छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला
पुष २८, २०८१ आइतबार
रवि लामिछाने भोलीसम्म काठमाडौं प्रहरी हिरासतमा रहने
पुष २८, २०८१ आइतबार
जाडोमा शरीरको तापक्रम स्थिर राख्न चाकु र तरुल लाभदायक
पुष २८, २०८१ आइतबार
जय ट्रफीः मधेसलाई हराउँदै आर्मी ८ विकेटले विजयी
पुष २८, २०८१ आइतबार