टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
नेपालबहस संवाददाता
पुस २८, २०८१ आइतबार २१:४५:२०
२८ पुस, काठमाडौं । टोखा नगरपालिकाले नगरभित्रका मुख्य सडकहरूमा सडकबत्ती जडान गर्न नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता गरेको छ । टोखाले नगरपालिकाभित्रका मुख्य सडकहरुमा यातायात व्यवस्था प्रभावकारी बनाउन र शान्ति सुरक्षा कायम गर्न तथा सामाजिक सुरक्षालगायतका सेवा सुविधालाई चुस्त दुरुस्त राख्न सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता गरेको हो । टोखामा सडकवत्ती जडान गर्न नगरपालिकाले ६५ प्रतिशत र प्राधिकरणले ३५ प्रतिशत रकम व्यहोर्ने छन् । सम्झौताअनुसार टोखा नगरपालिकाले रु दुई करोड ८४ लाख ८३ हजार र प्राधिकरणले रु एक करोड ५३ लाख ३७ हजार लगानी गर्नेछन् ।
सडकबत्ती जडान गर्न प्रविधिको छनोट, बोलपत्रमार्फत खरिद कार्य सम्पन्न तथा निर्माण कार्यको सुपरिवेक्षणलगायतको कार्य प्राधिकरणले गर्ने सम्झौतामा उल्लेख छ । आयोजनामार्फत जडान गरिने सडकबत्ती संरचनाअन्तर्गत बिजुलीको खम्बा, तार, सडकबत्तीलगायतका वितरण प्रणाली प्राधिकरणको स्वामित्वमा हुनेछ ।
नगरपालिकाको स्वामित्वमा रहेका सोलार, सडकबत्ती जडित खम्बामा नयाँ स्मार्ट सडकबत्ती जडान गर्नुपर्ने भएमा नगरपालिकाले आफ्नै खर्चमा हटाइदिने, नगरपालिकाले सडकबत्ती उपयोग गरेवापत प्राधिकरणलाई तिर्नुपर्ने बाँकी बक्यौता रकम कानुन बमोजिम तिर्ने, सडकबत्तीको प्रयोग गरेवापतको रकम मासिक रुपमा प्राधिकरण्लाई भुक्तानी गर्ने सम्झौतामा उल्लेख छ ।
सम्झौतापत्रमा नगरपालिकाको तर्फबाट नगरप्रमुख प्रकाश अधिकारी र प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीका साथै प्राधिकरणको तर्फबाट प्राधिकरणका उर्जा दक्षता तथा चुहावट नियन्त्रण विभागका निर्देशक टेकनाथ तिवारी, उपप्रबन्धक प्रमोद रिजाल र महाराजगञ्ज वितरण केन्द्रका प्रमुख बाबुराम सुवेदीले हस्ताक्षर गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
काठमाडौंमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने
पुष २८, २०८१ आइतबार
पूर्वीचितवनका सिमसारमा ५५ प्रजातिका चरा भेटिए
पुष २८, २०८१ आइतबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार