एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
नेपालबहस संवाददाता
पुस २८, २०८१ आइतबार २२:१०:३७
२८ पुस, काठमाडौं । सरकारले १३ सचिवको सरुवा गरेको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले १३ सचिवको एकै पटक सरुवा गरेको हो । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सचिव कृष्णहरी पुस्करलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिवमा सरुवा गरेको छ भने मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाको सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरेको छ।
यस्तै पर्यटन मन्त्रालयमा विनोद सिंह, महालेखा नियन्त्रक कार्यालयमा गणेश पाण्डे, महिला बालबालिका मन्त्रालयमा लक्ष्मी बस्नेत र उपराष्ट्रपतिको कार्यालयमा दिनेश भट्टराईलाई सुरुवा गरिएको छ । यसैगरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवमा रविलाल पन्थ, निर्वाचन आयोगमा भरतमणि सुवेदी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुमानराज अर्याललाई सरुवा गरिएको छ । कर्णाली प्रदेशमा लोकनाथ पौड्याललाई पठाइएको छ ।
युवा तथा खेलकुद मन्त्रालयमा हरि लम्साललाई सुरुवा गरिएको छ छ भने चुडामणी शर्मा पौडेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ । बागमती प्रदेशमा महादेव पन्थलाई पठाएको छ । मन्त्रिपरिषदले बाबुराम अधिकारीलाई लुम्बिनी प्रदेशको कामु प्रदेश सचिव र मदन भुजेललाई मधेस प्रदेशको कामु सचिवको जिम्मेवारी दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकोमा कांग्रेसको आपत्ति
पुष २८, २०८१ आइतबार
विपद्पश्चात्को पुनःनिर्माण तथा पुनःस्थापना योजना स्वीकृत
पुष २८, २०८१ आइतबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार