अर्थसहित पाँच संसदीय समितिको बैठक बस्दै
नेपालबहस संवाददाता
पुस २९, २०८१ सोमबार ६:५९:११
२९ पुस, काठमाडौं । संघीय संसदका पाँच वटा समितिका बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार सबै समितिका बैठक सिंहदरवारस्थित परिसरमा बस्ने छन् । अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवाला र विज्ञहरुसँग छलफलले निरन्तरता पाउनेछ । बैठक बिहान ११ः०० बजेबाट सुरू हुने बताइएको छ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा दुई वटा एजेन्डामा छलफल हुनेछ । पहिलो एजेन्डामा प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो वैदेशिक भ्रमण सम्बन्धमा छलफल गरिनेछ भने दोस्रो एजेन्डामा परराष्ट्र मन्त्रालयको आर्थिक वर्ष २०८१/८२ को कार्यक्रम तथा हालसम्मको प्रगति सम्बन्धमा छलफल हुनेछ । समितिका अनुसार सो बैठक बिहान ११ः०० बजेबाट सुरू हुनेछ ।
उता, कानून, न्याय तथा मानव अधिकार समितिको बैठक भने बिहान १०ः३० बजेबाट सुरू हुनेछ । जुन बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा सूचना तथा सञ्चार मन्त्रालयसँग सबन्धित विषयमा छलफल हुनेछ ।
अपरान्ह १२ः३० बजे बोलाइएको विधायन व्यवस्थापन समितिको बैठकमा पुरानै एजेन्डा तिलगंगा विश्वविद्यालय सम्बन्धी विधेयकमा छलफल हुनेछ भने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग छलफल हुनेछ । जसका लागि स्वास्थ्यमन्त्री प्रदीप पौडेललगायतलाई आमन्त्रित गरिएको समितिले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
शेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकोमा कांग्रेसको आपत्ति
पुष २८, २०८१ आइतबार
विपद्पश्चात्को पुनःनिर्माण तथा पुनःस्थापना योजना स्वीकृत
पुष २८, २०८१ आइतबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
कर्णालीका दुग्ध उत्पादक किसानलाई प्रोत्साहनबापत एक करोड २३ हजार भुक्तानी
पुष २९, २०८१ सोमबार
स्वर्णलक्ष्मी सहकारी ठगीमा रविको बयान सकियो, आजदेखि थुनछेक बहस
पुष २९, २०८१ सोमबार
यी पाँच प्रदेशमा वर्षा हुने, हिमाली भू–भागमा हिमपातको सम्भावना
पुष २९, २०८१ सोमबार
जाडो बढेसँगै सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द
पुष २९, २०८१ सोमबार
विदेशी बजारमा कर्णालीको अदुवा र बेसार
पुष २९, २०८१ सोमबार
‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन
पुष २९, २०८१ सोमबार