भारत भ्रमणकै विषयमा कुरा नमिलिरहेका बेला किन उठ्यो प्रधानमन्त्री ओली पाकिस्तान जाने कुरा ?
नेपालबहस संवाददाता
पुस २९, २०८१ सोमबार ११:५८:४०
२९ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका विषयमा टुंगो नभइ रहेका बेला सार्क सदस्य राष्ट्र पाकिस्तानको भ्रमणमा जाने चर्चा यतिबेला चलिरहेको छ । केही दिन यतादेखि राजनीतिक वृतमा चलेको यो चर्चाले प्रधानमन्त्रीको भारत भ्रमणलाई थप कठिन बनाउने देखिन्छ । नेपालको प्रधानमन्त्रीमा नियुक्त भएपछि भारत भन्दा पहिले पाकिस्तानको भ्रमणमा गएको उदाहरण छैन । भारत भ्रमणका लागि सरकारी तहबाट अहिले पनि प्रयास जारी छ ।
पाकिस्तानका राजदूतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेपछि राजनीतिक बजारमा यो चर्चा सुरु भएको हो । प्रधानमन्त्री ओलीको सचिवालयले भने यो विषयलाई राजनीतिक अफवाह भएको बताएको छ । पुष ९ गते नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हस्मीले प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरेका थिए । त्यस यता कुटनीति र राजनीतिक क्षेत्रमा प्रधानमन्त्री ओली पाकिस्तान भ्रमणमा जान इच्छुक रहेको चर्चा छ । पाकिस्तान सार्क सदस्य राष्ट्र हो । तर, भारतकै कारण सार्क बैठक पनि हुन सकिरहेको छैन ।
पाकिस्तानलाई देखाएर भारतले पनि सार्क सम्मेलनका विषयमा विभिन्न अड्को थापिरहेको छ । पुस ९ मा प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुईपक्षीय सम्बन्ध र आपसी हितका विविध विषयहरू व्यापार, पर्यटन, कृषि, नवीकरणीय ऊर्जा, विपद् व्यवस्थापन, शिक्षा र संस्कृति आदिमा हुँदै आएको सहयोग आदानप्रदानलाई अभिवृद्धि गर्ने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको थियो । त्यो भेटमा पाकिस्तानी राजदूतले नेपालका प्रधानमन्त्रीलाई पाकिस्तान भ्रमणको निम्तो दिएको चर्चा छ ।
भेटमा राजदूतले आफ्नो देशको भ्रमणका लागि निम्ता दिनु सामान्य विषय हो । तर, प्रधानमन्त्रीको पाकिस्तान जाने इच्छा भन्ने विषयले भने कूटनीतिक रुपमा पनि चर्चाको विषय बनाएको छ । यसमा चर्चा हुनुको खास कारण पनि भारत नै हो । प्रधानमन्त्री भएपछि पहिलो पटक भारतको भ्रमण गर्ने नेपाली परम्परा जस्तै छ । यद्यपि प्रधानमन्त्री ओलीको भारत भ्रमणको कुरामा निम्ता आइसकेको छैन । भारतबाट निम्ता नआएका कारण प्रधानमन्त्री पाकिस्तान जाँदा नेपाल र भारत बीचको कूटनीतिक सम्बन्धमा थप जटिलता थपिन सक्ने राजनीतिज्ञ र कुटनीतिज्ञहरूको बुझाई हो ।
भारतबाट सुरुमा निम्ता नआएपछि प्रधानमन्त्री ओली चीन भ्रमणमा गएका थिए । चीन भ्रमणका क्रममा बीआरआईमा हस्ताक्षर भएको छ । बीआरआई भारतले नरुचाएको विषय हो । प्रधानमन्त्रीको पाकिस्तान भ्रमणको विषयलाई अनावश्यक हल्ला भएको उनको निजी सचिवालयको भनाइ छ । भारतले भ्रमणको निम्तो नदिएको बेला भारतलाई देखाउनका लागि प्रधानमन्त्री ओलीले पाकिस्तानको भ्रमण गर्न लागेको विपक्षी दलहरू बताउँछन् ।
परराष्ट्रमन्त्री डा. आरजु देउवाले पनि भारतीय संयन्त्रमार्फत प्रधानमन्त्री ओलीको भारत भ्रमण तय गर्न हरकोशिस गरेकी भएपनि असफल भएकी थिइन । उनले चीन भ्रमणको बेला बीआरआई कार्यान्वयन सम्झौतामा हस्ताक्षरको साक्षी बसेका कारण भारतीय समकक्षीहरुको विश्वास गुमाएकी छिन् । त्यही बीचमा पाकिस्तानी राजदूतले प्रधानमन्त्रीको सरकारी निवासमा गएर शिष्टचार भेटघाट गरेका थिए । प्रधानमन्त्री ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई सक्रिय बनाउन अध्यक्ष मुलुकका नाताले आफूहरूले पहल गरिरहेको र यसमा आबद्ध मुलुकले रचनात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए ।
उनले नेपालले ‘सबैसँग मित्रता र छैन कसैसँग शत्रुता’ भन्ने भावनाका साथ सार्वभौम र स्वतन्त्र मुलुकका हिसाबले न्यायोचित राष्ट्रिय हितलाई ध्यानमा राखेर सम्बन्ध विस्तार र सहकार्य गर्दै आएको स्पष्ट पारेका थिए । राजदूत हस्मीले आफूहरू पाकिस्तानमा सार्क शिखर सम्मेलन आयोजना गर्न तत्पर रहेको अवगत गराएका थिए । उनले आफूहरू आगामी दिनमा नेपालसँग विविध विषयमा थप सहकार्य गर्न पनि इच्छुक रहेको बताएका थिए । तर प्रधानमन्त्री ओलीले विना प्रसंग सार्क सम्मेलनको विषय वस्तु उठाएको भन्दै त्यही बेलादेखि भारतीय कुटनीति वृत्तमा बढी नै चर्चा भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
पुष २८, २०८१ आइतबार
पाथीभराबाट देखिएको हिमश्रृङ्खला
पुष २९, २०८१ सोमबार
महाकुम्भमा ६० लाखले गरे स्नान, एप्पलका स्टिभ जब्सकी श्रीमतीले पनि गरिन दर्शन
पुष २९, २०८१ सोमबार
नेपाल आइपुगिन् चर्चित कथावाचिका देवी प्रतीभा
पुष २९, २०८१ सोमबार
नाइजेरियामा गल्तीले सर्वसाधारणमाथि हवाई आक्रमण, १६ जनाको मृत्यु
पुष २९, २०८१ सोमबार
महागढीमाइका नगर प्रमुखले थुने आफ्नै घरको लाइन काट्न आएका विद्युतका कर्मचारी
पुष २९, २०८१ सोमबार