धनुषाको लक्ष्मीनियाँमा हुलाक कार्यालय स्थापना
नेपालबहस संवाददाता
पुस २९, २०८१ सोमबार १२:६:१८
२९ पुस, जनकपुरधाम । धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा हुलाक कार्यालय स्थापना गरिएको छ । एक पालिका, एक हुलाकको अवधारणाअन्तर्गत धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा कार्यालय स्थापना भएको हो ।
लक्ष्मीनियाँ–७ स्थित बजारमा आज हुलाक कार्यालयको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष भोगेन्द्र मिश्रले हुलाक कार्यालयको स्थापनाले गाउँपालिकाका जनताले सरल, सहज तथा सुलभ तरिकाले सेवा पाउने विचार व्यक्त गरे । सरकारी सेवा गाउँगाउँसम्म पु¥याउन सरकारले गरेको उक्त प्रयासको प्रशंसा गर्दै उनले हुलाकको आवश्यकता र महत्व अझै रहेको बताए ।
हुलाक निर्देशनालय जनकपुरधामका निमित्त हुलाक निर्देशक लाल झाले हुलाक सेवाको ऐतिहासिक महत्व तथा ग्रामीण क्षेत्रमा यसको पहुँचका फाइदाबारे चर्चा गरे । उनले कार्यालयबाट स्थानीय तहमा सरकारी तथा व्यक्तिगत पत्राचार तथा अन्य सन्देश सेवा सहजरूपमा सञ्चालन हुनेमा विश्वास व्यक्त गरे ।
हुलाक कार्यालय सञ्चालन भएपछि पत्राचार, पार्सल सेवा, सरकारी सूचना आदानप्रदानका सुविधा प्रदानलगायत अन्य सुविधा प्रदानमा सहज हुने अपेक्षा गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेशमा शहीद परिवारलाई लक्षित गरी स्वास्थ्य बिमा कार्यक्रम सुरु
पुष २५, २०८१ बिहिबार
नगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
पुष २८, २०८१ आइतबार
लस एन्जलस आगलागी : विस्थापितलाई घर फर्काउन कम्तिमा बिहीबारसम्म लाग्ने
पुष २९, २०८१ सोमबार
पाथीभराबाट देखिएको हिमश्रृङ्खला
पुष २९, २०८१ सोमबार
महाकुम्भमा ६० लाखले गरे स्नान, एप्पलका स्टिभ जब्सकी श्रीमतीले पनि गरिन दर्शन
पुष २९, २०८१ सोमबार