नेपाल आइपुगिन् चर्चित कथावाचिका देवी प्रतीभा
नेपालबहस संवाददाता
पुस २९, २०८१ सोमबार १३:४६:१५
२९ पुस, काठमाडौं । चर्चित कथावाचिका देवी प्रतीभा नेपाल आइपुगेकी छन्। माघ १ गतेबाट सुरु हुन लागेको देवघाट महामहोत्सवका लागि विश्व चर्चित कथावाचिका देवी प्रतीभा नेपाल आएकी हुन्।
आइतबार भारतबाट हिँडेकी उनी १५ जनाको सदस्यसहित नेपाल आइपुगेको आयोजक कमिटीका सदस्य नारायण भण्डारीले जानकारी दिए। देवी प्रतिभाले आज दिउँसो ३ बजे भरतपुर महानगरपालिका-१ को ठिमुरा रिर्सोटमा प्रेस मिट आयोजना गर्न लागेको आयोजकले जनाएको छ।
प्यार से बोलो ना भनेर चर्चाको शिखरमा पुगेकी कथावाचिका देवी प्रतीभा १० दिनसम्म नेपालमा नै बस्ने कार्यक्रम रहेको छ। यसअघि पशुपतिनाथ मन्दिरमा करिब १५ दिन कथा वाचन गरेर संसार भर रहेका नेपालीको मन जितेकी २३ वर्षीया काभ्रेली चेली विश्वकै बढी खोजीले कथावाचिकाको रुपमा पर्छिन्।
देवघाट महामहोत्सवमा देवी प्रतिभाका अलावा ईश्व्रकृष्ण महाराजजी, ओम प्रकाश गुरु यशोदा कौडिन्य र अनुराधा पाण्डेयले पनि कथावाचन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।
मकर स्नान माघ महामहोत्सकको अवसरमा मातापिता सेवा आश्रम र देवघाट दिव्य धामको निर्माण सहयोगार्थ लगाइने देवघाट महा महोत्सवबाट उठेको सहयोग रकम निर्माणाधीन मातापिता सेवा आश्रमका लागि खर्च गरिनेछ।
माघ महिनाघर चल्ने मकर स्नान माघ महामहोत्सकको अवसरमा ३३ कोटी देवताको नाममा ३३ करोड दीप प्रज्वलन गर्ने कार्यक्रम पनि रहेको छ। त्यस्तै विश्वकै नमुना मन्दिर देवघाट दिव्य धाम मन्दिरको पनि शिलान्यास गरिने आयोजक कमिटीले जनाएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसप्तकोशीमा स्नान गर्ने श्रद्धालुको घुइँचो
पुष २९, २०८१ सोमबार
एकमहिने माधवनारायण मेला त्रिवेणीधाममा सुरु
पुष २९, २०८१ सोमबार
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
मच्छिन्द्रलाई हराउँदै नेपाल पुलिस क्लब विजयी
पुष २९, २०८१ सोमबार
थाइल्याण्डको मन्त्रिपरिषद्द्वारा विवादास्पद क्यासिनो विधेयक पारित
पुष २९, २०८१ सोमबार
यु–१९ महिला विश्वकप : अभ्यास खेलमा नेपाल ९ रनले पराजित
पुष २९, २०८१ सोमबार
ट्रम्पको पुनरागमन पूर्व इरान र युरोपेली शक्तिबीच आणविक वार्ता हुने
पुष २९, २०८१ सोमबार
भारतले सोधपुछका लागि बङ्गलादेशका उप उच्चायुक्तलाई बोलायो
पुष २९, २०८१ सोमबार