महाकुम्भमा ६० लाखले गरे स्नान, एप्पलका स्टिभ जब्सकी श्रीमतीले पनि गरिन दर्शन
नेपालबहस संवाददाता
पुस २९, २०८१ सोमबार १३:४९:३४
२९ पुस, काठमाडौं । भारतको प्रयागराजमा महाकुम्भ सुरु भएको छ । आज पौष पूर्णिमाको पहिलो स्नान सुरू भएको हो । बिहान ९ः३० बजेसम्म ६० लाख भक्तजनले स्नान गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
आज मात्रै १ करोड भक्तजन आउने अपेक्षा उत्तर प्रदेश सरकारले गरेको छ । भक्तजनमा २० क्विन्टल फूल चढाइनेछ । १४४ वर्षमा दुर्लभ खगोलीय संयोजनमा महाकुम्भ हुन लागेको हो ।
प्रयागराजमा देशका कुना–कुनाबाट भक्तजन आउने क्रम जारी रहेको छ । कुम्भमा स्नान गर्न विदेशी भक्तजनको भीड लागेको छ ।
स्थानीय प्रशासनका अनुसार जर्मनी, ब्राजिल, रुसलगायत २० देशबाट भक्तजन आइ पुगेका छन् । संगममा हरेक घण्टा २ लाख भक्तजन स्नान गर्ने गरी व्यवस्था मिलाइएको छ ।
आजदेखि भक्तजनले ४५ दिनसम्म चल्ने कल्पवास सुरु गर्नेछन् । संगममा प्रवेश गर्ने सबै बाटोमा भक्तजनको भीड लागेको छ । सवारी साधनको प्रवेश बन्द गरिएको छ । भक्तजनहरू बस र रेलवे स्टेशनबाट १०–१२ किलोमिटर पैदल हिँडेर संगम पुगिरहेका छन् । ६० हजार सैनिक सुरक्षा व्यवस्था कायम गर्न खटिएका छन् ।
साथै, एप्पलका सह संस्थापक स्टिभ जब्सकी पत्नी लरेन पावेल जब्स महाकुम्भमा पुगेकी छन् । उनले निरञ्जनी अखाडामा अनुष्ठान गरेकी छिन । अब कल्पवास पनि गर्ने छिन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपथाइल्याण्डको मन्त्रिपरिषद्द्वारा विवादास्पद क्यासिनो विधेयक पारित
पुष २९, २०८१ सोमबार
ट्रम्पको पुनरागमन पूर्व इरान र युरोपेली शक्तिबीच आणविक वार्ता हुने
पुष २९, २०८१ सोमबार
भारतले सोधपुछका लागि बङ्गलादेशका उप उच्चायुक्तलाई बोलायो
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
नागरिक लगानी कोषको १३ प्रतिशत लाभांश दिने
पुष २९, २०८१ सोमबार
मच्छिन्द्रलाई हराउँदै नेपाल पुलिस क्लब विजयी
पुष २९, २०८१ सोमबार
थाइल्याण्डको मन्त्रिपरिषद्द्वारा विवादास्पद क्यासिनो विधेयक पारित
पुष २९, २०८१ सोमबार
यु–१९ महिला विश्वकप : अभ्यास खेलमा नेपाल ९ रनले पराजित
पुष २९, २०८१ सोमबार
ट्रम्पको पुनरागमन पूर्व इरान र युरोपेली शक्तिबीच आणविक वार्ता हुने
पुष २९, २०८१ सोमबार