माघ महिनाका लागि १७ वटा बैंकको मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर यथावत
नेपालबहस संवाददाता
पुस २९, २०८१ सोमबार १४:१४:५२
२९ पुष, काठमाडौं । वाणिज्य बैंकहरुले माघ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन । जसमा ७ वटा वाणिज्य बैंकले ब्याजदर समायोजन गरेका छन् । बैंकहरुले प्रकाशित गरेको ब्याजदर तालिका अनुसार माघ महिनाका लागि अधिकांश बैंकले ब्याजदर स्थिर राख्दा ७ बैंकले केही घटबढ गरेका हुन् । ब्याजदरअनुसार १७ वटा बैंकले मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर यथावतै राखेका छन् ।
बैंकहरुको यो समायोजनसँगै बैंकहरुमा साधारण बचत खातामा न्यूनतम् ३.०० प्रतिशत विन्दुदेखि अधिकतम ३.१० प्रतिशत ब्याज पाइन्छ । त्यस्तै, एकवर्षे संस्थागत मुद्दती खातामा न्यूनतम् ४ प्रतिशत देखि अधिकतम ६ प्रतिशतसम्म ब्याज पाइन्छ भने एकवर्षे संस्थागत मुद्दती खातामा न्यूनतम् ३.०० देखि ४.३० प्रतिशत ब्याजदर निर्धारण गरिएको छ ।
नयाँ ब्याजदर अनुसार साधारण बचत खातामा एनआईशी एसिया बैंकले तोकेको ३.१० नै बचत खाताको सबैभन्दा धेरै ब्याज हो । व्यक्तिगत मुद्दती खातामा प्राइम कमर्शियल बैंकले तोकेको ६ प्रतिशत ब्याजदर नै सर्वाधिक रहेको देखिन्छ । त्यस्तै, संस्थागत मुद्दती खातामा सानिमा बैंकले तोकेको ४.३० प्रतिशत नै सबैभन्दा धेरै देखिएको छ ।
पुस महिनाको तुलनामा माघ महिनामा बैंकहरुको ब्याजदर ०.०१५५ प्रतिशतविन्दु घटेको छ । २० बैंकहरू मध्ये २ बैंकले ब्याजदर घटाएका छन् भने १ बैैंकले बढाएको छ । अन्य वाणिज्य बैंकहरूले पुस महीनाकै ब्याजदरलाई माघ महीनामा पनि निरन्तरता दिएका छन् । ब्याजदर घटाउनेमा नेपाल एसबिआई बैंक र कृषि विकास बैंक रहेका छन् भने लक्ष्मी सनराइज बैंकले बढाएको छ ।
सिटिजन्स बैंकले माघ महिनाका लागि मुद्दती खाताको ब्याजदरलाई ०.५० प्रतिशत विन्दुले बढाएको छ । अब बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.५० प्रतिशत र ४.०० प्रतिशत दिनेछ । ग्लोबल आईएमई बैंकले यसपटक सबै प्रकारका खाताको ब्याजदरलाई यथावत् राखेको छ । यस अनुसार माघ महिनामा बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खातामा क्रमशः ३.०० प्रतिशत, ५.०० प्रतिशत र ३.५० प्रतिशत ब्याज दिनेछ ।
नबिल बैंकले सबै प्रकारका खाताको ब्याजदरलाई स्थिर राखेको छ । यस अनुसार माघ महिनाका लागि बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.०० प्रतिशत र ३.०० प्रतिशत ब्याज दिनेछ । कृषि विकास बैंकले मुद्दती खाताको ब्याजदरलाई ०.५० प्रतिशत विन्दुले बढाएको छ भने बाँकी ब्याजदरलाई स्थिर राखेको छ । माघ महिनाका लागि सो बैंकले बचत, एकवर्षे व्यक्तिगत मुद्दती र एकवर्षे संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ४.२६ प्रतिशत र ३.०० प्रतिशत ब्याजदर तोकेको छ । राष्ट्र बैंकले मुद्दती निक्षेपमा हकमा समेत न्यूनतम ३ प्रतिशतको क्याप तोकेपछि बैंकले ब्याजदर बढाएको हो ।
एभरेस्ट बैंकले बचतको ब्याजदरलाई ०.०५ तथा संस्थागत मुद्दती खाताको ब्याजदर ०.२५ प्रतिशत विन्दुले बढाएको छ । यस अनुसार माघ महिनाका लागि ३.०५ प्रतिशत, ४.२५ प्रतिशत र ३.२५ प्रतिशत ब्याज दिनेछ । हिमालयन बैंकले यो पटक बचत खाताको ब्याजदरलाई ०.०१ प्रतिशत विन्दुले घटाएको छ भने अरु सबै प्रकारका ब्याजदर यथावत् राखेको छ । माघका लागि बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०४ प्रतिशत, ४.७५ प्रतिशत र ३.५० प्रतिशत ब्याजदर कायम गरेको छ ।
कुमारी बैंकले यो पटक सबै प्रकारका खाताको ब्याजदरलाई यथावत् राखेको छ । अब बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०१ प्रतिशत, ५.३१ प्रतिशत र ३.२५ प्रतिशत ब्याजदर कायम गरेको छ । लक्ष्मी सनराइज बैंकले यसपटक सबै प्रकारका खाताको ब्याजदरलाई यथावत् राखेको छ । यस अनुसार माघ महिनामा बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.०० प्रतिशत र ४.०० प्रतिशत ब्याज दिनेछ ।
नेपाल बैंकले सबै प्रकारका खाताको ब्याजदरलाई स्थिर राखेको छ । यस अनुसार माघ महिनाका लागि बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ४.२० प्रतिशत र ३.०० प्रतिशत ब्याज दिनेछ । माछापुच्छ्रे बैंकले यसपटक मुद्दती खाताको ब्याजदरलाई ०.५० प्रतिशत विन्दुले घटाएको छ । बैंकले मंसिर महिनाका लागि बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.०० प्रतिशत र ३.५० प्रतिशत ब्याज दिनेछ ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) सबै प्रकारका खाताको ब्याजदरलाई स्थिर राखेको छ । यस अनुसार माघ महिनाका लागि बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.०० प्रतिशत र ३.१५ प्रतिशत ब्याज दिनेछ । नेपाल एसबीआई बैंकले बचत खाताको ब्याजदरलाई स्थिर राखेको छ भने व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताको ब्याजदर ०.५० प्रतिशत विन्दुले घटाएको छ । अब बैंकले बचत, एकवर्षे व्यक्तिगत र एकवर्षे संस्थागत खाताका लागि लागि क्रमशः ३.०० प्रतिशत, ४.५१ प्रतिशत र ३.५१ प्रतिशत ब्याज दिनेछ ।
एनआईसी एसिया बैंकले व्यीक्तगत मुद्दती खाताको ब्याजदर बढाएको छ भने अन्य खाताको ब्याजदर यथावत् राखेको छ । अब बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.१० प्रतिशत, ५.०० प्रतिशत र ३.०० प्रतिशत ब्याज दिनेछ । एनएमबि बैंकले यसपटक सबै प्रकारका खाताको ब्याजदर स्थिर राखेको छ । यस अनुसार माघ महिनामा बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ४.०० प्रतिशत र ३.०० प्रतिशत ब्याज दिनेछ ।
प्रभु बैंकले पनि यो अवधिमा ब्याजदरमा कुनै परिवर्तन गरेको छैन । यस अनुसार आगामी महिना बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.१० प्रतिशत र ३.१० प्रतिशत ब्याजदर दिनेछ । साधारण बचत खाताको ब्याजदरलाई यथावत् राखेको छ । पुस महिनाका लागि बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ६.०० प्रतिशत र ४.०० प्रतिशत ब्याज दिनेछ ।
राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत सबै प्रकारका खाताको ब्याजदर यथावत् राखेको छ । उक्त बैंकको ब्याजदर बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ४.०० प्रतिशत र ३.०० प्रतिशतलाई निरन्तरता दिएको हो । सानिमा बैंकले नयाँ महिनाका लागि सबै प्रकारका निक्षेपको खाताको ब्याजदर स्थिर राखेको छ । माघ महिनाका लागि बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०४ प्रतिशत, ५.३० प्रतिशत र ४.३० प्रतिशत ब्याजदर कायम गरेको छ ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकले सबै प्रकारका निक्षेपको खाताको ब्याजदर स्थिर राखेको छ । माघ महिनाका लागि बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ४.२५ प्रतिशत र ३.२५ प्रतिशत ब्याजदर कायम गरेको छ । सिद्धार्थ बैंकले नयाँ महिनाका लागि सबै प्रकारका निक्षेपको खाताको ब्याजदर स्थिर राखेको छ । माघ महिनाका लागि बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०५ प्रतिशत, ५.५० प्रतिशत र ३.५० प्रतिशत ब्याजदर कायम गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनबिल बैंकले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी प्रमाणपत्र पायो
पुष २९, २०८१ सोमबार
सिटिजन्स बैंकद्वारा दृष्टिविहीनहरुलाई सेतो छडी सहयोग
पुष २९, २०८१ सोमबार
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
मच्छिन्द्रलाई हराउँदै नेपाल पुलिस क्लब विजयी
पुष २९, २०८१ सोमबार
थाइल्याण्डको मन्त्रिपरिषद्द्वारा विवादास्पद क्यासिनो विधेयक पारित
पुष २९, २०८१ सोमबार
यु–१९ महिला विश्वकप : अभ्यास खेलमा नेपाल ९ रनले पराजित
पुष २९, २०८१ सोमबार
ट्रम्पको पुनरागमन पूर्व इरान र युरोपेली शक्तिबीच आणविक वार्ता हुने
पुष २९, २०८१ सोमबार
भारतले सोधपुछका लागि बङ्गलादेशका उप उच्चायुक्तलाई बोलायो
पुष २९, २०८१ सोमबार