तीव्र बन्दै गएको आगो निभाउन अमेरिकाले खटायो कैदी, राम्रो गर्नेलाई प्रति घण्टा १० डलरसम्म तलब
नेपालबहस संवाददाता
पुस २९, २०८१ सोमबार १४:३१:३३
२९ पुस, काठमाडौं । अमेरिकाकाे क्यालिफोर्निया र लस एन्जलसको जङ्गलमा फैलिएको आगो समयसँगै झन् तीव्र बन्दै गएको छ । आगलागीका कारण अहिलेसम्म २४ जनाको मृत्यु भइसकेको छ । लाखौं प्रयासको बाबजुद जो बाइडेन प्रशासन यो आगो निभाउन असफल भइरहेको छ। यसको मुख्यकारण यतिबेला अमेरिकामा आएको हिउँआँधीका कारण चलिरहेको तीव्र हावालाई मानिएको छ ।
अर्कोतिर आगो निभाउने कामलाई तीव्रता दिन क्यालिफोर्निया र लस एन्जलसका जेल विभागहरूले बम्पर प्रस्ताव ल्याएका छन्। आगो निभाउन दमकललाई सहयोग गर्ने कैदीको सजाय घटाउने योजना बनाइएको छ । हरेक दिन आगो निभाउन सहयोग गरे बापत सजाय दुई दिन घटाउने सम्झौता भएको छ । साथै, तलब पनि छुट्टै दिइनेछ।
जसअनुसार कैदीहरूले अग्नि विभागसँगै लस एन्जलसमा कन्टेनमेन्ट लाइन खन्ने गरेको देखिएको छ भने क्यालिफोर्नियाको सुधार र पुनर्वास विभागका अनुसार अहिले जम्मा ९३१ कैदीहरू जङ्गलमा लागेको आगो निभाउन २४ घण्टा काम गरिरहेका छन् । क्यालिफोर्नियाको विनाशकारी जंगली आगोको फैलावटलाई ढिलो गर्न फायर लाइनहरु काट्दै र संरचनाहरू पछाडिबाट इन्धन हटाउने काम भइरहेको छ ।
कैदीहरूको क्षमताको आधारमा उनीहरूलाई क्यालिफोर्निया र लस एन्जलसको जंगलमा लागेको आगो निभाउनको लागि प्रति दिन ५.८० डलर देखि १०.२४ अमेरिकी डलर भुक्तानी गरिन थालिएको छ । आपतकालीन सेवाहरूमा तोकिएको खण्डमा कैदीहरूले प्रति घण्टा थप १ डलर कमाउन सक्नेछन् । धेरैजसो कैदीहरूलाई आगो निभाउन मद्दत गरेकोमा २ का लागि १ क्रेडिट दिइन्छ।
जसको अर्थ कैदीहरूले आगो निभाउनको लागि आपतकालीन सेवाहरूमा काम गर्ने हरेक दिनको लागि आफ्नो सजाँयबाट दुई दिन थप छुट पाउन सक्छन्। यस बाहेक सहयोगी कर्मचारीले १ क्रेडिटको लागि १ प्राप्त गर्नेछन्। जहाँ एक दिन काम गरेमा मात्र एक दिनको सजाय माफ हुनेछ।
क्यालिफोर्नियाको सुधार र पुनर्वास विभागका सचिव जेफ म्याकोम्बरले भने, ‘जङ्गलमा लागेको आगो क्यालिफोर्नियाका लागि ठूलो चुनौती हो, दमकल विभाग आगो निभाउन पूर्ण रूपमा समर्पित छ, हाम्रा कैदीहरू अग्नि नियन्त्रक र कर्मचारीहरूसँग मिलेर गरिरहेको काममा हिस्सा लिइरहेका छन् ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपथाइल्याण्डको मन्त्रिपरिषद्द्वारा विवादास्पद क्यासिनो विधेयक पारित
पुष २९, २०८१ सोमबार
ट्रम्पको पुनरागमन पूर्व इरान र युरोपेली शक्तिबीच आणविक वार्ता हुने
पुष २९, २०८१ सोमबार
भारतले सोधपुछका लागि बङ्गलादेशका उप उच्चायुक्तलाई बोलायो
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
सरकारले तोक्यो दुई न्यायाधीशको नयाँ जिम्मेवारी
पुष २९, २०८१ सोमबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
पुष २९, २०८१ सोमबार
नागरिक लगानी कोषको १३ प्रतिशत लाभांश दिने
पुष २९, २०८१ सोमबार
मच्छिन्द्रलाई हराउँदै नेपाल पुलिस क्लब विजयी
पुष २९, २०८१ सोमबार