दल फुुटाउन र मिलाउन प्रधानमन्त्री भएको होइनः ओली
नेपालबहस संवाददाता
पुस २९, २०८१ सोमबार १४:४४:२४
२९ पुष, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू दल फुटाउन र मिलाउनका लागि प्रधानमन्त्री नभएको बताएका छन् । उनले राजनीतिक दलसम्बन्धी कानुनलाई सच्याउनुपर्ने आवश्यकता भएको भन्दै कुनै दललाई फुटाउने र मिलाउने काम प्रधानमन्त्रीको नभएको बताएका छन् । दल विभाजन गराउनेसम्बन्धी अध्यादेश ल्याउन लागेको भनेर नकारात्मकता फैलाइएको उनको भनाइ छ ।
नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई सोमबार बालुवाटारमा बधाई तथा शुुभकामना दिने क्रममा उनले कुनै पनि दल मिल्ने र फुट्ने सबैको आन्तरिक विषय भएको बताए । अर्काको दल फुटाउने काम कुकर्म भएको र यास्तो मनसाय आफूमा नरहेको उनको भनाइ थियो । उनले विगतमा आफू प्रधानमन्त्री हुँदा संसदीय दल वा केन्द्रीय कमिटीमा ४० प्रतिशतको व्यवस्था गरेर अध्यादेश ल्याएको र विरोध भएपछि फिर्ता लिएको बताए ।
तिनै विरोध गर्नेले २० प्रतिशत सांसदले विभाजन गर्न पाउने भन्ने व्यवस्था गरेर दल फुटाएको उनको भनाइ छ । प्रधानमन्त्री ओलीले देश विकास र जनताका सेवालाई ध्यानमा राखेर सरकारले राष्ट्रपतिसमक्ष विभिन्न अध्यादेश सिफारिस गरेको उल्लेख गरे । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबाट त्यसको विरोध भयो भन्ने झुटो वक्तव्य प्रचार गरिएका जस्ता घटनाबाट नेपाली पत्रकारिता जोगिनुपर्नेमा उनले जोड दिए ।
यस्ता सूचना र समाचारका कारण जनताको सूचनाको हकको घाँटी निमोठिने भएकाले लोकतन्त्रको दुरुपयोग हुन नदिन पत्रकार महासंघले पनि भूमिका निर्वाह गर्नुपर्ने उनले बताए । देश र जनताका पक्षमा आफूहरूले दिन र रात नभनी काम गरिरहेको उनले बताए । हामी १०–५ को जागिर खान आएका होइनौँ । देश र जनताप्रतिको जिम्मेवारी बोध गरेर दिउँसो वा राति काम हुन्छ । लुकाएर र छलछाम गरेर काम गर्ने मेरो बानी छैन । देशका हितमा खुलेआम काम गर्ने हो, उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयी हुन् राष्ट्रपतिले जारी गरेका चार अध्यादेश
पुष २९, २०८१ सोमबार
अस्पतालको पहिचान सेवाको गुणस्तरका आधारमा हुनुपर्छः स्वास्थ्यमन्त्री पौडेल
पुष २९, २०८१ सोमबार
पदाधिकारी बैठक स्थगित गरी सुकुटे पुगे प्रचण्ड
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
माघे संक्रान्ती अर्थात माघीको मेन्यु, हाम्रो स्वास्थ्यमा कस्तो प्रभाव पार्छ ?
पुष २९, २०८१ सोमबार
विपदमा क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न एक खर्ब एक अर्ब लाग्ने अनुमान
पुष २९, २०८१ सोमबार
नागरिक लगानी कोषले १३ प्रतिशत लाभांश दिने
पुष २९, २०८१ सोमबार
यी हुन् राष्ट्रपतिले जारी गरेका चार अध्यादेश
पुष २९, २०८१ सोमबार
अस्पतालको पहिचान सेवाको गुणस्तरका आधारमा हुनुपर्छः स्वास्थ्यमन्त्री पौडेल
पुष २९, २०८१ सोमबार