सप्तकोशीमा स्नान गर्ने श्रद्धालुको घुइँचो
नेपालबहस संवाददाता
पुस २९, २०८१ सोमबार १६:८:३१
२९ पुस, काठमाडाैं । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहस्थित सप्तकोशी ब्यारेजमा लाग्ने कोशी मेलामा श्रद्धालु भक्तजनहरुको घुइँचो लागेको छ । सुनसरी र सप्तरीको बीचमा पर्ने कोशी ब्यारेजमा प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमाको दिन मेला लाग्ने गर्दछ ।
यसैगरी, जिल्लाको हनुमाननगर, कुनौली, सप्तकोशी नगरपालिका–६ स्थित म्याग्जिन चौरिया, कञ्चननरुप नगरपालिकाको जगतपुरस्थित कनकट्टासहित कोशी नदी बग्ने अधिकांश स्थानमा आज कोशी स्नान र मेला भर्नेहरूको घुइँचो लागेको छ ।
सप्तरीको १८ पालिकामध्ये कोशी क्षेत्रअन्तर्गत रहेका अधिकांश पालिकाले आज स्थानीय बिदा दिएका छन् । हनुमाननगर कङ्कालिनी नगरपालिका–२ का दिनेशकुमार राउतले ‘कोशी स्नान गरे पापबाट मुक्ति पाउने तथा गङ्गास्नान गरेसरह हुने’ जनविश्वास रहेको बताए । यस दिन बिहान कोशी नदीमा नुहाएर मिठोचोखो खाने कुराहरू खाने चलन छ । कोशी स्नानपछि भुजा, च्युरा, पुरी, तरकारी, जेरीसहितका मिठाईहरू खाने प्रचलनसमेत छ ।
कोशी नदीलाई कौशीका माताका रुपमा पूजा गर्ने चलनअनुसार यस दिन कोशीमा नुहाएर खानेकुरा खाए हरेक इच्छा पूरा हुने जनविश्वास रहेको स्थानीय बुढापाकाहरू बताउँछन् । रोशनकुमार कर्णले कोशी मेलालाई कृषि मेलाका रुपमा समेत चिनिने कोशी मेलामा कृषि औजारका साथै घरेलु औजार (हस्त निर्मित सामग्री) हरुको खरिद–बिक्री हुने गरेको छ । यो मेलामा सप्तरीको सप्तकोशी, हनुमाननगर कङकालिनी र राजविराज नगरपालिकासहित सुनसरीको कोशी गाउँपालिका र भारतको विहार राज्यको सुपोल जिल्लाका भक्तजन मेला भर्नेहरू आउने गर्दछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएकमहिने माधवनारायण मेला त्रिवेणीधाममा सुरु
पुष २९, २०८१ सोमबार
नेपाल आइपुगिन् चर्चित कथावाचिका देवी प्रतीभा
पुष २९, २०८१ सोमबार
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
पुष २९, २०८१ सोमबार
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
पुष २९, २०८१ सोमबार
तीनपोखरी कप फुटबलको फाइनलमा झापा र खाँदबारी भिड्दै
पुष २९, २०८१ सोमबार
जापानमा ६.८ म्याग्निच्युडको भूकम्पपछि सुनामीको चेतावनी
पुष २९, २०८१ सोमबार
माइती नेपाललाई एक करोड दिने प्रधानमन्त्री ओलीको घोषणा
पुष २९, २०८१ सोमबार