सांग्रिला डेभलपमेन्ट बैंकको २० औँ वार्षिक साधारण सभाले पारित गर्यो नगद लाभांश वितरण गर्ने प्रस्ताव
नेपालबहस संवाददाता
पुस २९, २०८१ सोमबार १७:३२:५
२९ पुस, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको २० औँ वार्षिक साधारण सभाले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे छ ।
सोमबार अम्रपाली ब्याङ्क्वेट बालुवाटारमा सम्पन्न बैंकको सम्पन्न २० औँ वार्षिक साधारणसभाले बैंकको चुक्ता पूँजी तीन अर्ब त्रिचालीस करोड नौ लाख एकहत्तर हजार तीन सय दुई रुपैयाँ पचपन्नको ३.६५१६ प्रतिशत बाह्र करोड बाउन्न लाख चौरासी हजार चार सय सत्र रुपैयाँ बराबरको बोनस सेयर तथा कर भुक्तानी प्रयोजनका लागि चुक्ता पूँजीको ०.१९२२ प्रतिशतले हुन आउने रकम पैसठ्ठी लाख त्रियानब्बे हजार नौ सय सत्र रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
यो प्रस्ताव पारित भएसँगै सांग्रिला डेभलपमेन्ट बैंकको चुक्ता पूँजी ३,५५,६२,५५,७१९.५५ (तीन अर्ब पचपन्न करोड बैसट्ठी लाख पचपन्न हजार सात सय उन्नाइस रुपैयाँ पचपन्न पैसा) पुगेको छ ।
साधारण सभाले आ.व.०८०-८१ को वित्तीय विवरणसहित लेखा परीक्षकको नियुक्ति, प्रवन्धपत्र संशोधन, मर्जर तथा प्राप्तिलगायतका प्रस्ताव समेत पारित गरेको छ ।
आम नागरिकको प्रगाढ विश्वास र भरोसाले गर्दा साग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुक भर ११२ शाखा कार्यालय, ३० वटा एटीएम मार्फत सेवा प्रवाह गर्दै आएको छ ।
यसका साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको यस बैंकले आगामी दिनमा यसलाई अझ सशक्त बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनागरिक लगानी कोषको १३ प्रतिशत लाभांश दिने
पुष २९, २०८१ सोमबार
माघ महिनाका लागि १७ वटा बैंकको मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर यथावत
पुष २९, २०८१ सोमबार
नबिल बैंकले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी प्रमाणपत्र पायो
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
पुष २९, २०८१ सोमबार
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
पुष २९, २०८१ सोमबार
तीनपोखरी कप फुटबलको फाइनलमा झापा र खाँदबारी भिड्दै
पुष २९, २०८१ सोमबार
जापानमा ६.८ म्याग्निच्युडको भूकम्पपछि सुनामीको चेतावनी
पुष २९, २०८१ सोमबार
माइती नेपाललाई एक करोड दिने प्रधानमन्त्री ओलीको घोषणा
पुष २९, २०८१ सोमबार
माघे संक्रान्ती अर्थात माघीको मेन्यु, हाम्रो स्वास्थ्यमा कस्तो प्रभाव पार्छ ?
पुष २९, २०८१ सोमबार