भारतको केरलामा दलित किशोरीमाथि ५ वर्षदेखि ६२ जनाले गरे बलात्कार, ४४ पक्राउ
नेपालबहस संवाददाता
माघ २, २०८१ बुधबार १०:३५:१९
२ माघ, नयाँदिल्ली । भारतको केरलामा ५ वर्षदेखि दलित किशोरीलाई बलात्कार गरेको आरोपमा ४४ जना पक्राउ परेका छन् । केरला प्रहरीको विशेष अनुसन्धान टोली (एसआईटी) ले पथनामथिट्टा जिल्लामा एक दलित बालिकामाथि बलात्कार गर्ने ४४ जनालार्इ पक्राउ गरेको हो ।
सो बलात्कार र यौन दुर्व्यवहारको सनसनीपूर्ण घटना बाहिरिएपछि प्रहरीले गम्भिर रूपमा अनुसन्धान गरिरहेको र हालसम्म ४४ जनालाई पक्राउ गरेको जिल्लाका एक वरिष्ठ प्रहरी अधिकारीले जानकारी दिएका छन ।
अनुसन्धानको निरीक्षण गर्दै आएकी डीआईजी एस अजिता बेगमका अनुसार बालिका माथि बलात्कार र यौन दुव्र्यवहार आरोपमा ३० वटा 'एफआइआर' दर्ता भएको र घटनामा उल्लेख भएका ६२ अभियुक्तमध्ये ४४ जना पक्राउ परिसकेका छन ।
‘फरार अभियुक्त मध्ये दुई जना हाल विदेशमा छन्। हामी उनीहरूका लागि इन्टरपोलमार्फत 'रेड कर्नर नोटिस' जारी गर्ने योजनामा छौं,’ उनले भनिन् । उनीहरु बाहेक अरु १६ जनालाई पक्राउ गर्नका लागि प्रहरी लागि परिरहेको छ ।
सन् २०२४ को जनवरीमा कारभित्र र पथनम्थिट्टा जनरल अस्पतालमा भएका घटनासहित कम्तीमा ५ पटक उनीमाथि सामूहिक बलात्कार भएको अनुसन्धान पछि खुलेको प्रहरीले जनाएको छ । हाल १८ वर्षकी किशोरीले १३ वर्षको उमेरदेखि ६२ जनाले आफूमाथि यौन दुर्व्यवहार गरेको उजुरीमा आरोप लगाएकी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतान्जानियामा मारबर्ग भाइसरका कारण आठ जनाको मृत्युः डब्लुएचओ
माघ २, २०८१ बुधबार
दक्षिण कोरियाली राष्ट्रपति योन सुक योल पक्राउ
माघ २, २०८१ बुधबार
हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
कांग्रेसका मन्त्रीलाई देउवाले बोलाए बुढानिलकण्ठ
माघ २, २०८१ बुधबार
कालीगण्डकी नदीमा जलयात्रा गर्दै पर्यटक
माघ २, २०८१ बुधबार
राष्ट्रपतिले जारी गरेका अध्यादेश सार्वजनिक गरिने
माघ २, २०८१ बुधबार
दोस्रो अभ्यास खेल: नेपाल अमेरिकासँग ५ विकेटले पराजित
माघ २, २०८१ बुधबार
पर्यटन उद्योगको विकासका लागि हरसम्भव सहयोग हुने प्रधानमन्त्रीको प्रतिबद्धता
माघ २, २०८१ बुधबार
अधिक तरलता घटाउन बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता तान्दै राष्ट्र बैंक
माघ २, २०८१ बुधबार